आइतबार, मंसिर ९ गते २०८१    
images
images

क्यासिनो हब बन्दै सीमाक्षेत्रका तारे होटल

images
शनिबार, चैत ५ २०७८
images
images
क्यासिनो हब बन्दै सीमाक्षेत्रका तारे होटल
images
images

काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामै नेपालमा ८ वटा क्यासिनो कम्पनीले क्यासिनो सञ्चालनका लागि लाइसेन्स पाइसकेका छन्। ८ मध्ये ७ वटा क्यासिनो कम्पनीले सीमा क्षेत्रको तारे होटलमा क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिएका छन्।

images
images
images

पछिल्लो पटक वीरगञ्जमा सञ्चालन भएको हिमालयन वाटर पार्क एण्ड भिलेज होटलले आधुनिक मेसिनबाट क्यासिनो खेल खेलाउनका लागि इजाजत पाएको हो।

images

अहिले पुन: एउटा क्यासिनो कम्पनी सीमाक्षेत्रकै होटलमा क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिने प्रक्रियामा रहेको छ। अपूर्व गेमिङ जोन प्रालिले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मौर्य होटलमा क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिन लागेको हो। कम्पनीले क्यासिनो सञ्चालनका लागि पूर्वस्वीकृति पाइसकेको छ। अब केही दिनमा क्यासिनो सञ्चालनका लागि अन्तिम स्वीकृति पाउने पर्यटन विभागको भनाइ छ।

images

यसैगरी काठमाडौंको छायाँ सेन्टरमा सञ्चालनको भएको अलफ्टमा पनि क्यासिनो सञ्चालनका लागि वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिले लाइसेन्स पाएको थियो। अलफ्टमा भने फुल क्यासिनो सञ्चालनको लाइसेन्स जारी भएको हो।

यसैगरी चालु आर्थिक वर्षकै पुस १६ गते नेपालगञ्जको कल्पतरु होटलमा क्यासिनो सञ्चालनका लागि पनि क्यासिनो कम्पनीले इजाजत पाएको थियो। कल्पतरु होटलमा क्यासिनो सञ्चालनका लागि ओम त्रयम्बकम् इन्टरटेनमेन्ट प्रालिले पाएको हो। 

यसैगरी चालु आर्थिक वर्षको पुस १४ गते नै बाँकेमा सञ्चालन भएको सिटी प्यालेस नेपालगञ्जमा क्यासिनो सञ्चालनका लागि लाइसेन्स जारी भएको थियो। यो होटलमा क्यासिनो सञ्चालनका लागि सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजीले इजाजत पाइको थियो। 

यसैगरी बाँकेमै सञ्चालन भएको होटल स्टारलाइटमा क्यासिनो सञ्चालनका लागि भेन्यू रिक्रियसन प्रालिले चालु आर्थिक वर्षकै कात्तिकमा क्यासिनो सञ्चालनका लागि इजाजत पाएको थियो। 

यसैगरी कात्तिक ९ गते नेपालगञ्जमा सञ्चालन भएको होटल स्नेहमा क्यासिनो सञ्चालनका लागि बेलिज इन्टरटेनमेन्ट प्रालिले क्यासिनो सञ्चालनका लागि लाइसेन्स पाएको थियो। 

यसैगरी होटल नान्स सिद्धार्थनगर भैरहवामा पनि क्यासिनो सञ्चालनका लागि सिद्धार्थ गेमिङ जोन प्रालिले लाइसेन्स पाएको थियो। यो कम्पनीले चालु आर्थिक वर्षका असोज १५ गते लाइसेन्स पाएको थियो।

यसैगरी चालु आर्थिक वर्षकै कात्तिक २ गते झापाको धुवालाबारीमा सञ्चालन भएको होटल मेची क्राउनमा फुल क्यसिनो सञ्चालनका लागि इजाजत पाएको थियो। 

यसरी चालु आर्थिक वर्षमा क्यासिनो लाइसेन्स पाएकामध्ये ७ वटा सीमाक्षेत्रमा सञ्चालन भएका होटलमा क्यासिनो सञ्चालन गर्ने गरी लाइसेन्स जारी भएको छ। ८ वटा मध्ये २ वटा होटल (होटल अलफ्ट र मेची क्राउन)मा फूल क्यासिनो सञ्चालनका लागि लाइसेन्स जारी भएको छ। अन्य ६ वटा लाइसेन्स भने आधुनिक मेसिनबाट क्यासिनो सञ्चालनका लागि भन्दै क्यासिनो कम्पनीहरूले लाइसेन्स लिएका छन्

यसबाहेक अहिले सीमा क्षेत्रमा सञ्चालन भएको केही होटलमा पहिले नै लाइसेन्स लिएर क्यासिनो सञ्चालन भइरहेको छ। एसएचएल म्यानेजमेन्ट प्रालिले रुपन्देहीको भैरहवामा सञ्चालन भएको टाइगर प्यालेस होटलमा फुल क्यासिनो सञ्चालन गरिरहेको छ। यो कम्पनीले आर्थिक वर्ष २०७५/०७५ मै क्यासिनो सञ्चालानको लाइसेन्स लिएको हो।

यसैगरी नेपालगञ्जमा सञ्चालन भएको सोल्टी शिवक्रिम होटेन्स तथा रिसोर्ट परिसरमा ईम्पेरियल इन्टरटेनमेन्ट प्रालिले क्यासिनो सञ्चालन गरिरहेको छ। यो होटलमा फुल क्यासिनो सञ्चालनका लागि क्यासिनो कम्पनीले २०७६/०७७ मै  लाइसेन्स लिएको थियो। 

यसैगरी नेपालगञ्जको भ्यु होटल सिद्धार्थमा आर्थिक वर्ष ०७६/०७७ मै ज्याकपोट ग्यामिङ्ग सेन्टर प्रालिले क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिएको थियो।

यस होटलमा क्यासिनो कम्पनीले आधुनिक मेसिन तथा उपधरणको माध्यमबाट क्यासिनो सञ्चालन गर्दै आएको छ। यसैगरी सिमरामा सञ्चालन भएको इच्छा होटलमा आर्थिक वर्ष २०७४/०७५ मै स्माइल कलेक्सन प्रालिले क्यासिनो सञ्चालनको लाइसेन्स लिँदै क्यासिनो सञ्चालन गरिरहेको छ।

यो क्यासिनो कम्पनीले पनि आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट क्यासिनो खेला खेलाउँदै आएको छ। यसैगरी सेन्ट्रल मिडिया ग्रुप प्रालिले होटल ओपेरा महेन्द्रनगर, होटल भिसुवा वीरगञ्ज र होटल रत्नामा २०६५ सालमा क्यासिनो सञ्चालनको लाइसेन्स लिँदै आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट क्यासिनो सञ्चालन गर्दै आएको छ। साथै यो कम्पनीले काठमाडौंको होटल प्लाटिनमा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ।

यसैगरी होटल ह्यापी आवर प्रालिले  होटल स्वीटड्रीम महेन्द्रनगर, होटल लाकौल भैरहवा र होटल ढाका काँकडभिट्टामा आधुनिक मेसिन तथा उपकरणबाट क्यासिनो सञ्चालन गर्दै आएको छ। तर अहिले पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै पर्यटन विभागले यो कम्पनीको क्यासिनो सञ्चालनमा रोक लगाएको छ।

यसैगरी रक इन्टरनेशनल प्रालिले होटल साथी धनगढी, होटल सुरज वीरगञ्ज, होटल बोधी रेडसन भैरहवा र होटल रियाज काँकडभिट्टामा क्यासिनो सञ्चालन गर्दै आएको छ। यो कम्पनीले आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट क्यासिनो सञ्चालन गर्दै आएको छ।

यसैगरी भैरहवाको होटल निर्वाणमा निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रालिले क्यासिनो सञ्चालन गरिरहेको छ। सम्रगमा सीमा क्षेत्रका २२ वटा होटलमा १५ वटा कम्पनीले क्यासिनो सञ्चालन गरिरहेका छन्। यसैगरी काठमाडौं उपत्यकामा भने ९ वटा होटलमा क्यासिनो सञ्चालनमा रहेका छन्। 

कसरी सीमाका होटल बन्यो क्यासिनो हब?

पछिल्लो समय सीमा क्षेत्रमा सञ्चालन भएका होटलका लागि क्यासिनो अनिवार्य जस्तै भएको छ। फुल क्यानिसो सञ्चालनका लागि पाँच तारे होटल चाहिन्छ। तर आधुनिक मेसिन तथा उपकरणका माध्यमबाट क्यासिनो सञ्चालनका लागि चार तारे होटल भए पुग्छ।

सोही नीतिगत व्यववस्थाका कारण सीमा क्षेत्रमा बन्ने अधिकांश तारे होटलले चार तारे स्तरीकरणको प्रमाण पत्र लिएका छन्। चार तारे स्तरीकरणको प्रमाण पत्र लिनुको एउटै उद्देश्य क्यासिनो सञ्चालनका लागि हो। सुरुवाती चरणमा सीमाक्षेत्रको केही होटलमा मात्रै क्यासिनो सञ्चालन भएको थियो।

पछिल्लो निर्माण भएका होटलले पनि क्यासिनोसँगै होटलको व्यापारलाई देख्न थाले। उनीहरूले पनि क्यासिनो सञ्चालनको लागि तयारी गरेर काम गरे। क्यासिनो नियमावलीका कारण कतिपय सीमा क्षेत्रमा सञ्चालन भएका तारे होटलमा क्यासिनो सञ्चालन हुन सक्ने अवस्था थिएन।

क्यानिसो सञ्चालन नियमावली २०७० मा  सीमा क्षेत्रबाट ५ किलोमिटरको दुरीभित्र सञ्चालन भएको होटलमा क्यासिनो सञ्चालन गर्न नपाउने कानूनी व्यवस्था थियो।

सरकारले पनि क्यासिनोमा विदेशी लगानी पनि भित्र्याउने र डलर तथा विदेशी मुद्रा आर्जनका लागि उपयुक्त हुने भन्दै सीमा क्षेत्रमा क्यासिनो सञ्चालनमा केही सहजता गर्ने प्रक्रिया सुरु गरेको थियो। सोहीअनुसार क्यासिनो नियमावलीको २०७० को  चौथो संशोधन भयो।

उक्त संशोधनमा सीमा नाकाबाट ५ किलोमिटरभित्र सञ्चालन भएका होटलमा क्यासिनो सञ्चालन गर्न नपाउने व्यवस्थालाई ३ किलोमिटर भित्र भन्ने बनाइयो। यो संशोधनले नै सीमा क्षेत्रमा सञ्चालन भएको होटलहरूलाई क्यासिनो हबको रुपमा विकास गर्न सहज भयो।

पर्यटन विभागले क्यासिनो नियमावलीसँगै उपत्यका बाहिरको तारे होटलको स्तरीकरणको केही मापदण्ड पनि परिमार्जन गर्‍यो।

विभागले उपत्यका भित्र ८० रुमका होटलले चार तारेस्तरको वर्गीकरणमा पर्ने थिए भने एक सयवटा रुपमा भएका होटलले पाँच तारे स्तरणको प्रमाणपत्र पाउँथे। फुल क्यासिनो सञ्चालनका लागि पाँच तारे होटल र आधुनिक मेसिन तथा उपकरणका लागि चार तारे स्तरको होटल चाहिने व्यवस्था थियो।

यो नियम उपत्यकासँगै देशभरका लागि एउटै थियो। यो व्यवस्थाले पनि केही होटलमा क्यासिनो सञ्चालानका लागि असहज भएको भन्दै विभागले उपत्यकाबाहिर ८० रुमलाई पाँच तारे र ६० रुम भएको होटललाई चार तारे स्तरको प्रमाण पत्र दिने गरी स्तरीकरण मापदण्ड जारी गर्‍यो।

जुन व्यवस्थाका कारण पनि सीमा क्षेत्रमा आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट क्यासिनो सञ्चालन गर्नका लागि सहज भएको थियो। सरकारी दुई नीतिगत परिर्वतनका कारण सीमाक्षेत्रमा सञ्चालन भइरहेका होटलहरू अहिले क्यासिनो हब बनेको एक होटल व्यवसायीले बताए।

पर्यटन विभाग स्रोतका अनुसार अहिले सीमाक्षेत्रमा बन्दै गरेका र सञ्चालनमा रहेका चार तारे होटलमा क्यासिनो सञ्चालनका लागि इजाजत लिन निवेदन दिनको संख्या ८ वटासम्म रहेको छ।

होटल र क्यासिनोको सम्बन्ध के हुन्छ?

क्यसिनो सञ्चालन गर्ने कम्पनीले कस्तो खालको क्यासिनो सञ्चालन गर्ने हो, सोहीअनुसार होटलबाट स्वीकृत लिनु पर्छ। फुल क्यासिनो सञ्चालनका लागि पाँच तारे होटल र आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट क्यासिनो खेल सञ्चालन गर्ने हो भने चार तारे होटलको स्वीकृति चाहिन्छ।

त्यसमा पनि रेष्टुरा, स्वीमिङ, स्पा लगायतको आधारभूत सबै सेवा क्यासिनोमा आउनेहरूले पाउने गरी सुनिश्चित भएको हुनुपर्छ। यो सबै सेवा क्यासिनो कम्पनीले होटलसँग भाडामा लिने गरी सम्झौता गरेका हुन्छन्। क्यासिनो खेल्न आउनेले होटलकै रुम प्रयोग गर्ने छन्।

यसमा पनि होटल व्यवसायीलाई फाइदा नै हुन्छ। सीमा क्षेत्रमा सञ्चालन भएको होटलको मुख्य आम्दानीको स्रोत नै क्यासिनो र क्यासिनोमा आउने ग्राहकले गर्ने खर्च हो।

यी हुन् नेपालमा सञ्चालित क्यासिनाे कम्पनी र हाेटल


प्रकाशित : शनिबार, चैत ५ २०७८०१:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend