आइतबार, मंसिर ९ गते २०८१    
images
images

सरकार साझेदार भएको कम्पनी एक वर्षदेखि विदेशी लगानी अनुमतिको चक्करमा 

images
सोमबार, फागुन ३० २०७८
images
images
सरकार साझेदार भएको कम्पनी एक वर्षदेखि विदेशी लगानी अनुमतिको चक्करमा 

यो सुझाव अनुसार आदेश वा कुनै माध्यमबाट कानूनी व्यवस्था गरिदिएपछि बाँकी लगानी आउने र त्यसपछि नेपालमा लगानी सुरू हुने भट्टराईले जानकारी दिए। 

images
images

काठमाडौं- नेपाल सरकार नै साझेदार रहेको लगानी कम्पनीमा विदेशी लगानी स्वीकृति लिने प्रक्रियामै करिब एक वर्ष बितेको छ। 

images
images
images

नेपाल सरकारको साझेदारीमा गैरआवासीय नेपाली संघको अग्रसरतामा खुलेको लगानी कम्पनीमा विदेशी लगानीको स्वीकृति लिने तथा प्राशासनिक अनुमतिको प्रक्रिया अझै सकिएको छैन। 

images

गएको बैशाखमा स्थापना भएको 'एनआरएन नेपाल डेभलपमेन्ट फण्ड (एनडीएफ)' ले अझै विदेशी लगानीको स्वीकृति लिने प्रक्रियामै काम गरिरहेको छ। यो कोष गएको बैशाख ७ गते औपचारिक रुपमा घोषणा भएको थियो। कम्पनीमा दर्ता भए पनि यो अहिलेसम्म उद्योग विभागमा दर्ता भएको छैन। 

images

१० अर्ब पुँजीको यो कोषमा ५ प्रतिशत सरकारको सेयर छ। गैरआवासीय नेपालीले दश प्रतिशत लगानी गर्ने र बाँकी ८५ प्रतिशत लगानी साधारण सेयर निष्काशन (आईपीओ) जारी गरिने यसको उद्देश्य छ। 

एक वर्षअघि स्थापना भए पनि यसले अझै विदेशी लगानीको स्वीकृति पाउन सकेको छैन। हालसम्म ९ जना प्रबर्द्धकको विदेशी लगानी स्वीकृति पाए पनि बाँकी लगानीको स्वीकृतिकै चरणमा छ। 

प्रबर्द्धककै विदेशी लगानी स्वीकृति लिन ११ महिनाको समय लागेको यो कोषमा अरु एनआरएनए सदस्यहरूको लगानी ल्याउनका लागि केही कानूनी अड्चन भएकाले ढिला भएको कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले जानकारी दिए। 

संविधानले एनआरएनएहरूलाई राजनीतिक बाहेकका अरु सबै नेपाली नागरिक सरहको अधिकार हुने व्यवस्था गरिएको छ भने गैरआवासीय ऐनमा नेपाली नागरिक सरह लगानीको अधिकार दिइएको छ। तर विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानी सरहको व्यवस्था गरिएको छ। 

यो सबै हुँदा पनि विदेशी लगानीका लागि गाह्रो होइन तर विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा रहेको लगानी सीमाले गर्दा कठिन भइरहेको भट्टराईको भनाइ छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा न्यूनतम पाँच लाख अमेरिकी डलर लगानीलाई मात्र अनुमति दिइने भन्ने उल्लेख छ। यही व्यवस्थामा सुधार नगर्दासम्म लगानी जुटाउन कठिन हुने निष्कर्षमा कम्पनी पुगेको छ। 

'हामीले ९ जना प्रबर्द्धकको लगानी स्वीकृति फिटाअनुसार नै लिइसकेका छौँ। यो पनि भर्खरै लिएका हौँ। तर बाँकी लगानीका लागि भने अहिलेको कानूनी व्यवस्थामा केही सुधार गर्नुपर्ने छ। त्यो हामीले सल्लाह दिएका छौं र सरकार पनि सकारात्मक भएको छ' भट्टराईले भने।

सरकारले दुई कानूनको व्यवस्थामा तादम्यता नमिलेसम्म स्वकृति सहज नुहने भन्दै कम्पनीले सरकारलाई सुझाव दिइसकेको छ। यो सुझाव अनुसार आदेश वा कुनै माध्यमबाट कानूनी व्यवस्था गरिदिएपछि बाँकी लगानी आउने र त्यसपछि नेपालमा लगानी सुरू हुने भट्टराईले जानकारी दिए। 

१० अर्बको कोषलाई ५० अर्बको बनाउने लक्ष्य रहेको उनको भनाइ छ। 

लगानी सुरू गर्नुअघि कम्पनीले नीतिगत व्यवस्था खोजेको छ। अहिलेसम्म नेपालमा प्राइभेट इक्विटीको कानूनी व्यवस्था प्रष्ट छैन। यसमा वृहत मार्गदर्शन गर्ने कानूनी व्यवस्थाका लागि पनि सरकारलाई आग्रह गरिएको उनले जानकारी दिए। 

‘कोषले विभिन्न परियोजनामा लगानी गर्छ। त्यस्तोमा कुनै कम्पनीमा प्रबर्द्धक पनि हुन्छ होला। केहीगरी त्यो कम्पनीको ऋणमा डुब्यो र तिर्न नसकी कालोसूचीमा पर्‍यो भने प्रबर्द्धक पनि कालोसूचीमा पर्ने व्यवस्था छ। यो कुरा प्राइभेट इक्विटीलाई हेरेर बनाइएको होइन। यस्ता ससना कुरामा पनि कानूनी सुधार चाहिन्छ’ भट्टराईले भने। 

देशमा पुँजी परिचालनका लागि अहिले सबै बैंकमै मात्र निर्भर हुने प्रणाली भएकाले यस्ता कोषको प्रबर्द्धनबाट बिकल्पहरू थप हुने उनको भनाइ छ। वित्तीय पहुँच बढाउन तथा नयाँ क्षेत्रको पहिचानका लागि पनि यस्ता लगनी कोषलाई सरकारले प्रबर्द्धन गर्नुपर्नेमा सबै सहमत भएका छन्।


प्रकाशित : सोमबार, फागुन ३० २०७८०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend