आइतबार, मंसिर ९ गते २०८१    
images
images

एमसीसी संसदबाट पारित भएसँगै चिनियाँ चासोमा नेपालका परियोजना, बीआरआईमा होला ‘ब्रेक थ्रु’?

images
शुक्रबार, फागुन २७ २०७८
images
images
एमसीसी संसदबाट पारित भएसँगै चिनियाँ चासोमा नेपालका परियोजना, बीआरआईमा होला ‘ब्रेक थ्रु’?
images
images

काठमाडौं- संसदबाट अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास भएसँगै चिनियाँ दौडधुप जारी छ। चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्झौता भएको वर्षौं हुँदा पनि कार्यान्वयनमा चासो थिएन। तर अहिले एमसीसी पारित भएसँगै बीआरआईमा चासो दिँदै चैतको दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने पक्कापक्की भएको छ। 

images
images
images

एमसीसी रोक्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले लविङ गरे पनि सफल नभएपछि चिनियाँ विदेशमन्त्री नेपाल आउँदै छन्। चीनले बीआरआई मात्रै नभएर अन्य परियोजनामा समेत चासो दिएका छन्। नेपालले भने ऋणमा भन्दा अनुदानमा केन्द्रित हुने संकेत दिएको छ। 

images

प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपालले चिनियाँ विदेशमन्त्रीलाई एउटा नमूना परियोजना बनाइदिन आग्रह गर्ने तयारी गरेको छ। तर चिनियाँ पक्ष भने ऋणमै केन्द्रित हुने भएकोले नेपाल ऋणका विषयमा डराउँदै आएको छ। बीआरआई अन्तर्गत पनि अधिकांश चीनको ऋण लगानी रहेको छ। 

images

बीआरआईका लागि सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको नेपालले सन् २०१७ मे १२ मा त्यसअन्तर्गतका परियोजनामा हस्ताक्षर गरेको थियो । हस्ताक्षर गरेपनि आयोजना कसरी अगाडि बढाउने भन्ने विषयमा अहिलेसम्म पनि अन्योल कायम रहेको छ। बीआरआई परियोजना अन्तर्गत गल्छी–रसुवागढी-केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन, ७ सय ६२ मेगावाट क्षमताको जलाशययुक्त तमोर जलविद्युत आयोजना रहेको छ। 

त्यस्तै ४ सय ६२ मेगावाटको अर्धजलाशाययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजना, केरुङ–काठमाडौं रेलमार्ग र मदनभण्डारी टेक्निकल इन्स्टिच्युट लगायतका आयोजना बीआरआई अन्तर्गत अघि बढाउन नेपाल पक्षले आग्रह गर्दै आएको छ। त्यस्तैगरी रसुवागढी–काठमाडौं सडक स्तरोन्नति, किमाथाङका हिले सडक निर्माण, दिपायलदेखि चिनियाँ सीमावर्ती क्षेत्रसम्म सडक निर्माण, टोखा विदुर सडक पनि उक्त परियोजनाभित्र रहेका छन्। 

नेपालले विगतदेखि नै ३६ वटा परियोजना बीआरआईमा राख्न आग्रह गरेको थियो। चीनको आग्रहमा पुनः संशोधन गर्दै नेपालले १५ परियोजना पठाएको थियो। पछि चीनले एक अंकमा मात्रै गर्ने भन्दै ८ वटा परियोजनामा लगानी गर्ने बताउँदै आएको छ। २०७६ बैशाखमा दोस्रो अन्तर्राष्ट्रिय सहयोग सम्मेलन (बीआरआई फोरम) मा राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआई सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। सोहीअनुसार नेपाल सरकारले बीआरआई परियोजनाका विषयमा छलफल गर्दै आएको छ। 

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा पनि बीआरआई परियोजनामा चासो दिएका थिए। चिनियाँ राष्ट्रपति सीको भ्रमणमा चीनले नै अगाडि सारेको बीआरआई परियोजनालाई छलफलमा नेपाललले अगाडि सारेको थियो।

चिनियाँ पक्षको बीआरईमा कति चासो छ भन्ने कुरा चिनियाँ विदेशमन्त्रीको भ्रमण हुने चर्चासँगै चिनियाँ सरकारको निकट प्रकाशन ग्लोबल टाइम्समा राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तर्वार्ता आएको छ। भण्डारीको अन्तर्वार्तालाई बीआरआई केन्द्रित गराइएको छ। 

नेपालका आकर्षित विकास आयोजनामा चिनियाँ पक्षले चासो दिएको छ। नेपालस्थित चिनियाँ व्यापारीनिकट बिचौलियाहरू पछिल्लो समय सक्रिय भएका छन्। जलविद्युत आयोजनादेखि विमानस्थलसम्मका परियोजनामा चिनियाँ पक्षले चासो दिएको छ। 


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend