तनहुँको व्यास नगरपालिका-४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलबाट सुरु भएको आगलागी नियन्त्रण गर्न मादी नदीबाट हेलिकप्टरमा पानी लगिँदै। आइतबार बिहान १० बजेदेखि लागेको आगो चार घण्टामा हेलिकप्टर र दमकलसहितको सहायतामा निभाउन सकिएको थियो। तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस