बिहीबार , वैशाख १३ गते २०८१    
सभ्यता बिर्संदा ढुंगेधाराको यस्तो बेहाल [फोटो फिचर]

सभ्यता बिर्संदा ढुंगेधाराको यस्तो बेहाल [फोटो फिचर]

काठमाडौं- मल्लकालीन सभ्यताभन्दा अघिदेखि नै उपत्यकामा पानीको वैज्ञानिक प्रणाली विकास भइसकेको थियो। त्यसमा प्रमुख थियो- हिटी भनिने ढुंगेधारा। केही वर्षअघिसम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा अहिले कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन्।

images
images
images

काठमाडौं क्षेत्रका एक केही स्थानबाहेक ढुंगेधारा हराइसकेका छन्। भक्तपुरमा ढुंगेधारा संरक्षणको अभियान थालिएको छ। यता पाटनमा रहेका ढुंगेधारा संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन्।

ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरू सुक्दै जाँदा यी ढुंगेधाराहरू सुक्न थालेका छन्।

बढ्दो शहरीकरणका कारण घर लगायतका संरचनाहरू बन्दै जाँदा पानी बग्ने र जमिनमुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरू बताउँछन्। वर्षायाममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरू पानी बग्ने ठाउँ नपाउँदा कुरुप बन्दै गएका छन्।

उपत्यकाको ढुंगेधाराहरूको अवस्था खोज्ने क्रममा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरूले पाटन क्षेत्रमा केही तस्बिर संकलन गरेका छन्-

patan dhunge dhara (1).jpg
patan dhunge dhara (2).jpg
patan dhunge dhara (3).jpg
patan dhunge dhara (4).jpg
patan dhunge dhara (5).jpg
patan dhunge dhara (6).jpg
patan dhunge dhara (7).jpg
patan dhunge dhara (8).jpg
patan dhunge dhara (9).jpg
patan dhunge dhara (10).jpg
patan dhunge dhara (12).jpg
patan dhunge dhara (13).jpg


प्रकाशित : शनिबार, फागुन २१ २०७८०८:१३

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार