शनिबार, साउन १० गते २०८२    
शनिबार, साउन १० २०८२
images
images

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले निर्माण गर्‍यो चार किलोमिटर पदमार्ग

images
शनिबार, साउन १० २०८२
images
images
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले निर्माण गर्‍यो चार किलोमिटर पदमार्ग

योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख अमृत कँडेलले जानकारी दिए।

images

म्याग्दी- पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ।

images
images

गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि एक करोड २० लाख विनियोजन भएकोमा ९६ लाख २९ हजार आठ सय ७६ रुपैयाँ खर्च भएको छ।

images
images

योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख अमृत कँडेलले जानकारी दिए।

images
images
images

‘सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन’ उनले भने, ‘प्रतिकूल भूगोल, मौसम र उपभोक्ताको ढिलासुस्तीका कारण पूरा काम नभएका योजनाको प्राविधिक नापजाँचका क्रममा भएको मूल्यांकनअनुसार भुक्तानी गरेका छौँ।’

पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ। धौलागिरि गाउँपालिका-५ को मल्कवाङ डाँडाकटेरी रिरावर हुँदै ग्यासखार जोड्ने एक हजार चारसय ६० मिटर पदमार्ग र सिँढी निर्माण भएको छ।

रघुगंगा गाउँपालिका-७ स्थित कालीबराह मन्दिर हुँदै धौलागिरि आइसफल जोड्ने आठ सय ५० मिटर ढुंगाको सिँढीको पदमार्ग निर्माण भएको छ। रघुगंगा गाउँपालिका-२ भगवतीको माँझखर्कदेखि ओखरबोट हुँदै साझपानी जोड्ने चारसय १० मिटर, दग्नामको नागीदेवी मन्दिर जोड्ने दुईसय ९० मिटर बनेकाे छ।

बिम तल्लोगाउँमा दुईसय ९० मिटर, अन्नपूर्ण गाउँपालिका-५ खोप्रालेकमा पाँचसय ५० मिटर र बेनपा-६ को थाकनपोखरी भेटनरी कार्यालय हुँदै एकपाटे मन्दिर जोड्ने तीनसय ५० सिँढी र ढलान गरेको पदमार्ग निर्माण भएको छ।

रघुगंगा गाउँपालिका-३ मा रहेको गायत्री मन्दिरमा पर्खाल निर्माण र रङरोगन, बेनी नगरपालिका-७ को बराहपाखोमा उद्यान र बेनी नगरपालिका-२ ज्यामरुककोटमा ध्यानआश्रम निर्माण भएको कार्यालयका इन्जिनियर सुमन बोगटीले बताए।

नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको खोप्रा लेकमा पदमार्गको साथै आश्रयस्थल, पदमार्गमा रेलिङ, खानेपानीको पाइप व्यवस्थापन भएको छ। नागीदेवी मन्दिरमा दुई वटा चौतारी र सय मिटर तारजालीले घेराबार गरिएको छ।

बिम तल्लोगाउँमा ढल व्यवस्थापनका लागि पक्की नाला र त्यसमाथि पदमार्ग बनाइएको छ। बराहपाखोको शान्तिपार्कमा पर्खाल, रेलिङ, ढुंगा छपाउन जमिनमा ढलान र फलामको बेञ्च राखिएको छ। रासस


प्रकाशित : शनिबार, साउन १० २०८२१२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend