शनिबार, साउन १० गते २०८२    
शनिबार, साउन १० २०८२
images
images

शुक्लाफाँटा निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्यामा कमी

images
शुक्रबार, साउन ९ २०८२
images
images
शुक्लाफाँटा निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्यामा कमी
भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भित्री भागमा बुधबार देखिएको मृग। निकुञ्ज ३०५ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ। तस्बिरः रत्न श्रेष्ठ/रासस

यहाँका पर्यटन व्यवसायी शुक्लाफाँटा सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावका कारण उलेख्यरुपमा पर्यटक आउन नसकेको बताउँछन्।

images

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्यामा कमी आएको छ। अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आएको हो।

images
images

आर्थिक वर्ष २०८०/८१ मा चार हजार पाँचसय ७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। जसमा चार हजार दुईसय ९४ जना नेपाली, एकसय ३७ जना सार्क मुलुकका तथा एकसय ४३ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए।

images
images

उक्त तुलनामा आर्थिक वर्ष २०८१/८२ निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्यामा कमी आएको छ। यो आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी जम्मा तीन हजार सातसय २२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी वाग्लेले बताए। जसमा तीन हजार तीनसय ७१ जना नेपाली, सार्क मुलुकका एकसय ९९ जना र एकसय ५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेका थिए।

images
images
images

आर्थिक वर्ष २७९/८० मा तीन हजार पाँचसय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए। जसमा सार्क मुलुकका एकसय ५८ जना र विदेशी एकसय २१ जना थिए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनुलगायतका समस्याले यहाँ आउने पर्यटकको संख्यामा कमी आएको सूचना अधिकारी वाग्लेले जानकारी दिए। 'जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो, थोरै क्षेत्रफलमा धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ', उनले भने।

हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको संख्यामा कमी आएको सूचना अधिकारी वाग्लेको भनाइ छ। उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको गन्तव्य भएको बताए।

'यहाँ भारतीय पर्यटकको ठूलो सम्भावना छ तर नाकामा असहजताका कारण पर्यटक आउन सकेका छैनन्', सूचना अधिकारी वाग्लेले भने, 'यसको प्रचारप्रसार र निजी क्षेत्रको लगानी हुन जरुरी छ।' उनले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरे पनि त्योअनुसारको टुर प्याकेजको व्यवस्था हुन नसक्नुले पनि विदेशी पर्यटक शुक्लाफाँटासम्म नपुगेको बताए।

'विदेशी पर्यटकलाई हवाई भाडामा पनि झन्डै दोबर छ, सबै देशका नागरिकलाई समान भाडादर हुनुपर्ने थियो त्यो छैन त्यसकारण पनि नजिकैको काठमाडौं, पोखरा र चितवनसम्म पुगेर उनीहरु फर्किने गरेका छन्', सूचना अधिकारी वाग्लेले भने, 'पर्यटकलक्षित विभिन्न टुर प्याकेजमा निजी क्षेत्रको लगानी हुन जरुरी छ।'

यहाँका पर्यटन व्यवसायी शुक्लाफाँटा सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावका कारण उलेख्यरुपमा पर्यटक आउन नसकेको बताउँछन्। 'नाकामा आवागमन सहज छैन गड्डाचौकी नाकामा पर्यटक प्रहरी हुनुपथ्र्यो त्यो छैन', यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने, 'सीमित पूर्वाधार र प्रचारप्रसार अभाव।' उनले आन्तरिक पर्यटकलाई समेत प्रोत्साहन हुन नसकेको बताए।

शुक्लाफाँटामा बाह्रसिंगा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु एकै ठाउँमा देखिने भएकाले विदेशी पर्यटक शुक्लाफाँटा पुग्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले बताए। उनले भने, 'यहाँ आउने विदेशी पर्यटक थोरै ठाउँमा धेरै वन्यजन्तु देखिने भएकाले शुक्लाफाँटा मन पराउँछन्।'

उनका अनुसार यहाँ छिमेकीमूलुक भारतबाट समेत पर्यटक यहाँ आउने गरेका छन्। 'यहाँको विशाल घाँसे मैदान, चराचुरङ्गी, शान्त वातावरण विदेशीहरुले एकदमै मन पराउँछन्', पथप्रदर्शक पनेरुले भने, 'फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिंगा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुसी हुन्छन्।'

पथप्रदर्शक पनेरुका अनुसार शुक्लाफाँटामा अध्ययन अनुसन्धानका लागिसमेत पर्यटक आउने गरेका छन्। तीनसय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज दुर्लभ वन्यजन्त र वनस्पतिका लागि प्रसिद्ध छ। निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिंगा पाइन्छ।

निकुञ्जमा दुई हजार तीनसय २३ भन्दा बढी बाह्रसिंगा छन्। यहाँ ४४ पाटेबाघ रहेका छन्। विश्वकै सबैभन्दा ठूलो घाँसेमैदान रहेका कारण पनि यसको वेग्लै विशेषता छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि  प्रसिद्ध छ। रासस


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend