शनिबार, साउन १० गते २०८२    
शनिबार, साउन १० २०८२
images
images

सर्लाही भन्सारले भेट्टाउन सकेन राजस्व लक्ष्य, ५३ करोडमात्र संकलन

images
शुक्रबार, साउन ९ २०८२
images
images
सर्लाही भन्सारले भेट्टाउन सकेन राजस्व लक्ष्य, ५३ करोडमात्र संकलन

कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९१.४३ प्रतिशत मात्रै राजस्व उठाउन सफल भएको छ।

images

सर्लाही- सर्लाही भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ। कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९१.४३ प्रतिशत मात्रै राजस्व उठाउन सफल भएको छ।

images
images

कार्यालयले ५८ करोड ७६ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ५३ करोड ७३ लाख १७ हजार रूपैयाँमात्र राजस्व संकलन  गरेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए।

images
images

यसअघि सो कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ७२.२५ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ५२.९८ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। अघिल्लो दुई आर्थिक वर्षको तुलनामा यसपटक राजस्व संकलन बढे पनि शतप्रतिशत लक्ष्य हासिल गर्न नसकिएको उनले बताए।

images
images
images

बजेट वक्तव्यमा अग्रिम आयकर खारेज भएसँगै मलंगवा नाकाबाट अग्रिम आयकर लाग्ने वस्तुको आयात हुन छाडेपछि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको प्रमुख भन्सार अधिकृत आचार्यले बताए। भारतसँगको खुला सीमाका कारण विभिन्न सरसामग्रीको तस्करी हुने भएकाले राजस्व संकलनमा समस्या हुँदै आएको बताइन्छ।

सर्लाही भन्सार कार्यालयले मुख्यगरी भारतबाट निकासी हुने धान, आलु र प्याजबाट बढी मात्रामा राजस्व संकलन गर्ने गरेको प्रमुख भन्सार अधिकृत आचार्यले बताए। मलंगवा नाका भएर भारतबाट खाद्यान्नसहित सामग्री ठूलो परिमाणमा आयात हुने गरेको छ।

नेपालबाट प्लाइ र अन्य केही सामग्री थोरै परिमाणमा भारततर्फ निर्यात हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend