शनिबार, साउन १० गते २०८२    
शनिबार, साउन १० २०८२
images
images

प्रतिनिधिसभा बैठक : ‘केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’

images
बिहीबार , साउन ८ २०८२
images
images
प्रतिनिधिसभा बैठक : ‘केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’

सांसद राजेन्द्रप्रसाद पाण्डेले २१ वर्ष पुरानो सौर्य एयरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति विना उडाएर गत वर्ष दुर्घटना भएकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति एवं न्याय दिन माग गरे।।

images

काठमाडौं- केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम किन गाउँ गाउँमा पुग्दैन यसको कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका छन्।

images
images

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद डा चन्द्रकान्त भण्डारीले राजधानीबाट १०० पठाउँदा गाउँमा ५० रूपैयाँमात्र पुग्ने भएकाले यसलाई रोक्न संसद्ले भूमिका खेल्नुपर्ने बताए। धवलागिरीमा स्याउको खेती हुने उल्लेख गर्दै उनले त्यहाँको जग्गा नापी नभएकाले नापी गर्ने गरी रुलिङ गर्न सभामुखसँग माग गरे।

images
images

सांसद लीलानाथ श्रेष्ठले तराइ मधेसमा पानीको अभाव भएकाले खानेपानीको व्यवस्था गर्न माग गरे। लम्पी स्किनले तराइ मधेस क्षेत्रमा क्षति भएकाले सरकारले केन्द्रबाट पठाएको सुई लगाउनुपर्नेमा पनि उनले जोड दिए।

images
images
images

सांसद पूर्णबहादुर घर्तीमगरले संविधान संशोधनको सात बुँदासहित सरकार गठन भएको एक वर्ष पूरा हुँदा पनि कुन कुन दफा संशोधन गर्न लागिएको हो भन्ने थाहा नपाइएको बताए।

सांसद राजेन्द्रप्रसाद पाण्डेले २१ वर्ष पुरानो सौर्य एयरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति विना उडाएर गत वर्ष दुर्घटना भएकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति एवं न्याय दिन माग गरे।। 

सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशमा खानेपानीको समस्या समाधान गर्न माग गरे। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२१६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend