शुक्रबार, साउन ९ गते २०८२    
शुक्रबार, साउन ९ २०८२
images
images

भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

images
बिहीबार , साउन ८ २०८२
images
images
भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

झापाको काँकरभिट्टामा रहेको मेची भन्सार कार्यालयबाट आयात-निर्यातसम्बन्धी कारोबार धेरै हुने भएका कारण भद्रपुर भन्सारको कारोबारमा कमी आएको हो

images

झापा- भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २० करोड ८६ लाख ६९ हजार ६३२ रूपैयाँ राजस्व संकलन गरेको छ। विसं २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन भइरहेको थियो।

images
images

आव २०८१/८२ मा कार्यालयले ३३ करोड १३ लाख ७३ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो। लक्ष्यको तुलनामा ६३ प्रतिशत मात्र असुली भएको कार्यालयका प्रमुख अर्जुनप्रसाद सिटौलाले बताए।

images
images

आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीसमेत घटेको छ। आव २०८०/८१ मा भद्रपुर भन्सार कार्यालयले २४ करोड ३४ लाख २७ हजार ३६ रूपैयाँ राजस्व असुली गरेको थियो। आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीमा तीन करोड ४७ लाख ५७ हजार ४०४ रूपैयाँ कमी आएको छ।

images
images
images

झापाको काँकरभिट्टामा रहेको मेची भन्सार कार्यालयबाट आयात-निर्यातसम्बन्धी कारोबार धेरै हुने भएका कारण भद्रपुर भन्सारको कारोबारमा कमी आएको हो। भद्रपुरमा नेपालतर्फबाट जुन सुविधा र तहको भन्सार कार्यालय सञ्चालनमा छ, समान स्तरको सेवा गलगलियास्थित भारतीय भन्सारमा नहुँदा भद्रपुर भन्सार सुस्ताएको व्यवसायी बताउँछन्।

विगतमा पनि भद्रपुर भन्सारको प्रगति कमजोर रहँदै आएको थियो। लक्ष्यको तुलनामा आव २०७८/७९ मा ५६ दशमलव २८ प्रतिशत र आव २०७९/८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। विसंं २०७५ भदौ १९ गते तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सारको रुपमा उद्घाटन गरेका थिए।

भद्रपुर भन्सारबाट चिया उद्योगको प्याकिङका सामान, विषादी, मेसिनरी पार्टस्, केमिकल, फलफूल आदि वस्तु आयात हुने गरेको छ भने निर्यात उल्लेख्य मात्रामा हुने गरेको छैन। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend