शुक्रबार, साउन ९ गते २०८२    
शुक्रबार, साउन ९ २०८२
images
images

गत आवमा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात

images
बिहीबार , साउन ८ २०८२
images
images
गत आवमा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात

गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

images

झापा- गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार रूपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।

images
images

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा ९० करोड ८२ लाख रूपैयाँ अर्थात् चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ। आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ६ दशमलव ५० प्रतिशत अर्थात् ५९ करोड ६९ लाख १० हजार रूपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले बताए।

images
images

कार्यालयको तथ्यांकअनुसार गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार रूपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा आठ अर्ब ९२ करोड ८५ लाख रूपैयाँबराबरको एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो।

images
images
images

यसैगरी सात अर्ब तीन करोड ३२ लाख रूपैयाँबराबरको ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ।

यसैगरी उक्त अवधिमा दुई अर्ब ८२ करोड रूपैयाँबराबरको २५ हजार ५६८ मेट्रिकटन एलपी ग्यास, ६६ करोड चार लाख रूपैयाँबराबरको सात हजार २९२ किलोलिटर एटीएफ र २५ करोड ४९ लाख रूपैयाँबराबरको दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend