शुक्रबार, साउन ९ गते २०८२    
शुक्रबार, साउन ९ २०८२
images
images

औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै

images
बिहीबार , साउन ८ २०८२
images
images
औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै

आर्थिक वर्ष २०८१/८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु निकासीबाट ३५ लाख ९१ हजार ९ सय ४० रुपैयाँ राजश्व संकलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाइ कार्यालयले जनाएको छ।

images

मनाङ- हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको केन्द्र मानिन्छ। पछिल्लो समय यहाबाट आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै गएको छ।

images
images

आर्थिक वर्ष २०८१/८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु निकासीबाट ३५ लाख ९१ हजार ९ सय ४० रुपैयाँ राजश्व संकलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाइ कार्यालयले जनाएको छ।

images
images

इकाइ कार्यालयका प्रमुख ढकबहादुर भुजेलले गत वर्ष यार्सागुम्बा ११२ दशमलव ६९३ किलोग्राम निकासी गरिएको जानकारी दिए। उनका अनुसार उक्त परिमाणको यार्सागुम्बा निकासी गरेवापत ३४ लाख ८५ हजार ९० रुपैयाँ राजश्व संकलन भएको छ।

images
images
images

वन लसुन तीन हजार एकसय ८६ दशमलव तीनसय किलोग्राम निकासीवापत ९७ हजार सात सय ५० र जिम्बु ९ सय १० किलोग्राम निकासी गरेवापत ९ हजार एकसय राजश्व संकलन भएको भुजेलले बताए। ‘गत वर्ष तीन प्रकारका औषधीय जडीबुटी निकासी गरिएको छ। विगतमा जस्तो गुची च्याउ संकलन भएको पाइएन, तर पनि राजश्व बढेको छ।’

यार्सागुम्बा टिप्न जिल्लाका चार सय ८८ र बाह्य एक हजार ३६ र वन लसुनका लागि दुईसय १४ स्थानीय र सात सय १५ बाह्य व्यक्तिले पुर्जी लिएका थिए। आव २०८०/८१ मा यार्सागुम्बा, वन लसुन, जिम्बु र गुची च्याउ निकासी गरिएको थियो।

जिम्बु ९ सय ३३ किलोग्राम निकासी गर्दा १० हजार दुईसय ८०, वन लसुन दुई हजार दुईसय ५ किलोग्राम निकासी गरी ६६ हजार एकसय ५०, यार्सागुम्बा ७२ दशमलव पाँचसय ४२ किलोग्राम निकासी गर्दा २२ लाख ४८ हजार ९ सय दुई र गुची च्याउ चार किलोग्राम निकासी गर्दा दुई हजार गरी २३ लाख २७ हजार तीनसय ३२ रुपैयाँ राजश्व संकलन गरिएको थियो।

यस्तै, आव २०७९/८० मा औषधीय जडीबुटी निकासीवापत २६ लाख २२ हजार ६ सय ६९ रुपैयाँ राजश्व संकलन गरिएको थियो। जिम्बु एक हजार एकसय ८ दशमलव दुईसय केजी निकासीवापत ११ हजार ८१ रुपैयाँ, वन लसुन एक हजार पाँचसय ६६ दशमलव दुईसय केजी निकासीवापत ४६ हजार ९ सय ९६ रुपैयाँ संकलन भएकाे थियाे।

निगालो तीन हजार तीनसय ५० प्रतिगोटा निकासीवापत तीन हजार तीनसय ५० रुपैयाँ, यार्सागुम्बा ८२ दशमलव दुईसय केजी निकासीवापत २५ लाख ४८ हजार दुईसय रुपैयाँ, साधारण च्याउ तीनसय ३९ केजी तीन हजार तीनसय ९० रुपैयाँ र टिम्बर २२ दशमलव ९८ क्युफिट निकासीवापत ९ हजार ६ सय ५२ रुपैयाा राजश्व संकलन भएको थियो।

गतवर्षको तुलनामा केही जडीबुटी निकासी नगरिँदा पनि परिमाण वृद्धि हुँदा राजश्व बढेको प्रमुख भुजेलकाे भनाइ छ। ‘कम मूल्य पर्ने औषधीय जडीबुटी बढी परिमाणमा निकासी गरिएको छ भने केही जडीबुटीको निकासी नै गरिएको छैन। यस्तो अवस्थामा बढी मूल्य पर्ने जडीबुटीको परिमाण बढेको छ’ उनले भने। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend