शुक्रबार, साउन ९ गते २०८२    
शुक्रबार, साउन ९ २०८२
images
images

वीरगञ्ज नाका हुँदै ६ खर्ब २५ अर्बको आयात, १ खर्ब १ अर्बको निर्यात

images
बिहीबार , साउन ८ २०८२
images
images
वीरगञ्ज नाका हुँदै ६ खर्ब २५ अर्बको आयात, १ खर्ब १ अर्बको निर्यात

गत आवमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ। पाँचथरिका पेट्रोलियम पदार्थमात्रै एक खर्ब ९१ अर्ब ८८ करोडको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

images

पर्सा- वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा ६ खर्ब २५ अर्ब ९७ करोड रूपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ।

images
images

अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशत अर्थात् ८२ अर्ब ३० करोड रूपैयाँ मूल्य बढीका सामान आयात गरिएको हो।

images
images

गत आवमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ। पाँचथरिका पेट्रोलियम पदार्थमात्रै एक खर्ब ९१ अर्ब ८८ करोड रूपैयाँको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल ५७ अर्ब ६८ करोड रूपैयाँको रहेको छ।

images
images
images

वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले गत आवमा आयात र निर्यातमा दुवैमा उल्लेखनीय वृद्धि भएको बताए। 'गत आवमा आयात र निर्यात दुवैमा उल्लेखीय सुधार भएको देखिन्छ', उनले भने, 'अर्थतन्त्र सहज हुँदै गएकाले पनि वृद्धि भएको हुनसक्छ।'

गत आवमा मेसिनरी तथा तिनका पार्टपुर्जा ३६ अर्ब ६३ करोड रूपैयाँ मूल्यका आयात गरिएका छन्। ३४ अर्ब ४१ करोड रूपैयाँ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका हुन्। सोही अवधिमा २८ अर्ब ५३ करोड रूपैयाँ मूल्य पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन्।

गत आवमा आयात मात्रै नभएर निर्यातमा पनि बढोत्तरी भएको छ। एक खर्ब एक अर्ब ८४ करोड रूपैयाँ मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ। अघिल्लो आवमा यो नाका हुँदै ३१ अर्ब १४ करोड रूपैयाँ मूल्यका वस्तु तथा  सामान निर्यात गरिएको थियो। सो आवको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशत अर्थात् ७० अर्ब ७० करोड रूपैयाँ मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ।

सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको प्रशोधित तेल रहेको छ। गत आवमा ६१ अर्ब ४५ करोड रूपैयाँ मूल्य पर्ने २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो। अघिल्लो आवमा नौ करोड रूपैयाँबराबरको चार लाख ६४ हजार १३८ लिटरमात्रै निर्यात गरिएको थियो।

त्यसैगरी गत आवमा नौ अर्ब २६ करोड रूपैयाँ बराबरको चार करोड १५ लाख नौ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ। अघिल्लो आवमा १० करोड रूपैयाँबराबरको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो। 

गत आवमा सात अर्ब ६९ करोड रूपैयाँ मूल्य पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ। अघिल्लो आवमा आठ अर्ब ५९ करोड रूपैयाँ मूल्य पर्ने आठ करोड ८० लाख १० हजार  ६९० लिटर फलफूलको जुस निर्यात गरिएको थियो।

गत आवमा पाँच अर्ब ३७ करोड रूपैयाँ मूल्य पर्ने चार करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ। अघिल्लो आवको सोही अवधिमा आठ अर्ब ५९ करोड रूपैयाँ मूल्य पर्ने सात करोड २६ लाख ३६ हजार २३१ किलोग्राम फलाम तथा फलामका सामग्री विदेशी मुलुक निर्यात गरिएको थियो। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend