बिहीबार , साउन ८ गते २०८२    
बिहीबार , साउन ८ २०८२
images
images

गड्डाचौकी भन्सारबाट निर्यात शून्य, पुरा हुँदैन राजस्व संकलनको लक्ष्य

images
बुधबार, साउन ७ २०८२
images
images
गड्डाचौकी भन्सारबाट निर्यात शून्य, पुरा हुँदैन राजस्व संकलनको लक्ष्य

शारदा ब्यारेजमा १० टनभन्दा बढीको मालबाहक सवारीसाधन आवतजावत गर्न नदिनु, सीमित समयका लागि पुल खोल्नुलगायत कारणले निर्यात शून्य रहेको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले बताए।

images

कञ्चनपुर- कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ। कोरोना महामारी अघिसम्म न्यून मात्रामा भए पनि यहाँबाट घ्यू र हातले बनाएका सामग्री निर्यात हुने गरेको थियो।

images
images

पछिल्ला वर्षमा यो नाका भएर सामान निर्यात हुन छाडेको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले जानकारी दिए।

images
images

शारदा ब्यारेजमा १० टनभन्दा बढीको मालबाहक सवारीसाधन आवतजावत गर्न नदिनु, सीमित समयका लागि पुल खोल्नुलगायत कारणले निर्यात शून्य रहेको उनले बताए।

images
images
images

‘कोरोना अघिसम्म थोरै भए पनि निर्यात हुन्थ्यो, अहिले नगन्य मात्रामा छ, शून्य जस्तै छ’ उनले भने। प्रमुख काफ्लेले यो नाका सानो भएका कारण आयातबाट समेत लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन।आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ८० प्रतिशत मात्रै राजस्व संकलन भएकाे छ।

‘गत वर्षको तुलनामा यसवर्ष पाँच करोड ७७ लाख रुपैयाँ राजस्व बढी उठाएका छौँ’ भन्सार कार्यालयका प्रमुख काफ्ले भन्छन्, ‘यो कार्यालयको राजस्व संकलन गर्ने क्षमता ५४ करोड मात्रै हो, भन्सार विभागले हरेक वर्ष राजस्व संकलनको लक्ष्य बढाउँदै जाँदा त्यसअनुसार राजस्व संकलन गर्न सकिँदैन।’

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७४ करोड पाँच लाख ५९ हजार रुपैयाँ राजस्व संकलन को लक्ष्य रहेकामा ५९ करोड ७७ लाख ५८ हजार रुपैयाँ मात्रै राजस्व असुल भएको छ। शारदा ब्यारेज पुरानो र जीर्ण भएका कारण एकतर्फी तथा सीमित समयका लागि खुल्ने गर्छ र एक चोटीमा १० टनभन्दा बढी सामान ल्याउन दिँदैन।

उनी भन्छन्, ‘यहाँबाट व्यापारीले सिधैं मालबाहक सवारी साधन ल्याउन सक्दैनन्, जसका कारण ठाउँ-ठाउँमा लोड अनलोडमा लागत बढ्छ, यसले गर्दा पनि यो नाकाबाट ठूलो मात्रामा आयात हुँदैन।’

प्रमुख काफ्लेका अनुसार राजस्व विभागले कुनै अध्ययन बिना हरेक वर्ष लक्ष्य मात्रै बढाउने गरेका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो। कञ्चनपुर भन्सार कार्यालयलाई आर्थिक वर्ष २०७८/७९ मा ५२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकामा ४६ करोड  रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो।

त्यसैगरि आर्थिक वर्ष २०७९/८० मा ५८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकामा ४२ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। सुदूरपश्चिममा व्यापारिक नाका नै नभएका कारण यहाँ राजस्व संकलन हुन नसकेको स्थानीय व्यवसायी बताउँछन्।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जंगबहादुर मल्लले सरकारले हरेक वर्ष राजस्व संकलन गर्ने लक्ष्य मात्रै बढाउने गरेका कारण राजस्व संकलन मा कमी आएको बताए।

‘सुदूरपश्चिममा व्यापारिक नाका छैन, पश्चिमी नाका गड्डाचौकी सानो नाका हो, शारदा ब्यारेज सीमित समयका लागि मात्रै खुल्छ ठूलो मात्रामा व्यवसायीको सामान आउँदैन। अहिले व्यापार व्यवसायमा कमी आएको छ’ मल्लले भने।

यद्यपि सरकारले नाकामा हुने चोरी तस्करी नियन्त्रण गर्न सके राजस्व संकलन वृद्धि हुने व्यवसायी मल्ल बताउँछन्। भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा चोरी तस्करीका एक हजार दुई सय ७६ मुद्दा दर्ता गरेको छ। रासस 


प्रकाशित : बुधबार, साउन ७ २०८२१८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend