बिहीबार , साउन ८ गते २०८२    
बिहीबार , साउन ८ २०८२
images
images

सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिने

images
बुधबार, साउन ७ २०८२
images
images
सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिने

कार्यकारी निर्देशक कविराज अधिकारीले अबको करिब चार वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषमार्फत राज्यले लिने गरी काम भइरहेको बताएका हुन्।

images

काठमाडौं- सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्यको जिम्मा लिने घोषणा गरेको छ।

images
images

कोषकाे कार्यालयमा बुधकार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले अबको करिब चार वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषमार्फत राज्यले लिने गरी काम भइरहेको बताएका हुन्।

images
images

पछिल्लो समय योगदानकर्ताको स्वास्थ्योपचारसम्बन्धी सुविधालाई विस्तार गर्दै लगिएको जानकारी दिँदै उनले औपचारिक क्षेत्रका श्रमिकहरूको परिवारमा स्वास्थ्य सेवा विस्तार भई चालु आर्थिक वर्षमा कार्यान्वयनमा आइसकेको बताए।

images
images
images

‘आजभन्दा पाँच वर्ष अगाडि योगदानकर्तामा मात्र सिमित रहेको स्वास्थ्य उपचार सेवा अहिले योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको छ’ उनी भन्छन्, ‘औषधि उपचारको एक लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा १० लाख सम्मको उपचार खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधासमेत उपलब्ध गराइएको छ।’

पछिल्ला वर्ष रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको जनाउँदै उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकबाट हुने योगदान रकमको नियमितताका लागि प्रयास जारी रहेको जानकारी दिए।

गत आवसम्ममा कोषमा २० हजार ९ सय ९१ रोजगारदाता र २३ लाख ७४ हजार चार सय ८६ योगदानकर्ता आबद्ध भएका छन्। सो आवमा मात्रै आठ लाख ८२ हजार ९ सय ४६ श्रमिक कोषमा आबद्ध भएका छन्। सो अवधिमा ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ।

नियमित योगदान गरेका योगदानकर्तालाई विभिन्न सामाजिक सुरक्षा योजनाको उपयोग गरेबापत १५ अर्ब ७५ करोड रुपैयाँ रकम भुक्तानी गरिएको कोषले जनाएको छ।

विशेष सापटी ६ अर्ब ९० करोड, घर सापटी १३ करोड र शैक्षिक सापटी एक करोड गरी कूल सात अर्ब चार करोड रुपैयाँ ३४ हजार ९७ जना योगदानकर्तालाई भुक्तानी भएको कोषका प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend