शुक्रबार, साउन ९ गते २०८२    
शुक्रबार, साउन ९ २०८२
images
images

मेची भन्सारबाट तरकारी, फलफूल र कफी आयात बढ्यो, अलैँची र अम्रिसोको निर्यात घट्यो

लक्ष्यको ९१.८६ प्रतिशत राजस्व संकलन

images
बिहीबार , साउन ८ २०८२
images
images
मेची भन्सारबाट तरकारी, फलफूल र कफी आयात बढ्यो, अलैँची र अम्रिसोको निर्यात घट्यो

विराटनगर भन्सारमा भने औद्योगिक कच्चा पदार्थको आयात बढी छ। जसमा पोलिथिन दानाको आयातबाट एक अर्ब ७१ करोड १७ लाख राजस्व संकलन भएको छ।

images

विराटनगर- आर्थिक वर्ष २०७९/८० मा २० अर्ब २४ करोड १८ लाख रूपैयाँ राजस्व लक्ष्य राखेको मेची भन्सारमा १४ अर्ब ५ करोड २० लाख अर्थात् ७०.२१ प्रतिशतमात्र संकलन भयो।

images
images

भन्सार कार्यालयले २०८०/८१ मा लक्ष्य घटाएर १८ अर्ब २५ करोड ७८ लाख तय गर्‍यो। सो वर्ष १४ अर्ब २३ करोड ५२ लाख अर्थात् ७८.४० प्रतिशत संकलन भएर राजस्वमा सुधार देखियो।

images
images

२०८१/८२ मा भने लक्ष्यको ९१.८६ प्रतिशत राजस्व संकलन भएको छ। लक्ष्य कम राखेरमात्र नभइ राजस्व असुलीको अनुपातमा समेत वृद्धि भएको हो। १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार लक्ष्य रहेकोमा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ६९ करोड ५९ लाख ६ हजार बढी संकलन भएको हो।

images
images
images

मेची भन्सारबाट पेट्रोलियम पदार्थबाट राजस्व संकलन ६.५ प्रतिशत र यातायातका साधन र पार्टपुर्जामा ४९.४ प्रतिशतले वृद्धि भएको छ।

तरकारीमा मूल्यको आधारमा ८५ प्रतिशतले आयात वृद्धि भएपनि राजस्वको हिसाबमा १२३ प्रतिशतले वृद्धि भएको पाइएको छ। एक वर्षमा २६ अर्ब २६ करोड ४३ लाख रूपैयाँबराबरको तरकारी भित्रिएको हो। जुन अघिल्लो वर्षभन्दा १ अर्ब २० करोड ८१ लाखले बढी हो।

फलफूलको आयातमा पनि वृद्धि भएको छ। तेस्रो मुलुकबाट आयात भएको ९८ करोड २५ लाख ६८ हजार रूपैयाँबराबरको फलफूल नेपाली बजारमा पुगेको हो।

आयातमै प्रतिशतको हिसाबमा प्रशोधित पाम तेल सबैभन्दा बढी छ। मूल्यको आधारमा २६३२१ प्रतिशतले वृद्धि भएको पाम तेल यसअघि ३२ लाखमा सीमित थियो। एक वर्षमा ८४ करोड २७ लाख बढेर ८४ करोड ५९ लाख ९३ हजार पुगेको हो। राजस्व संकलन पनि ९ लाखबाट बढेर २० करोड पुगेको छ।

बजारमा क्याफेको सङ्ख्या बढेसँगै कफीको आयातमा पनि वृद्धि भएको छ। मेची भन्सारबाट मात्र २२ करोड २९ लाख रूपैयाँबराबरको कफी भित्रिएको हो। अघिल्लो वर्षभन्दा २०.८ प्रतिशतले बढेको कफीको आयातबाट ३ करोड ८४ लाख राजस्व संकलन भयो।

मेची भन्सारको महत्त्वपूर्ण निर्यातमध्ये पर्ने अलैँची र अम्रिसोमा भने गिरावट आएको छ। अघिल्लो वर्ष ७ अर्ब ९३ करोड ९ लाखको अलैँची निर्यात भएकोमा ३.२ प्रतिशतले गिरावट आएर ७ अर्ब ६७ करोड ४० लाखको मात्र तेस्रो मुलुक पुगेको हो। अम्रिसोमा १४.९ प्रतिशतले कमी हुँदा ९५ करोड ६६ लाखको मात्र निर्यात भयो।

त्यस्तै अदुवा सुठोमा झनै भारी गिरावट आएको छ। ६० प्रतिशतले कमी आउँदा २९ करोड ६० लाखको मात्र निर्यात भएको हो।

सिमेन्ट क्लिंकरको निर्यातमा समेत १३ प्रतिशतले गिरावट आएको छ। मेची भन्सारबाट मेलासिसको निर्यातमा भने २४७.५ प्रतिशतले वृद्धि भएको छ।

एक वर्षमा मात्र ५१ करोड १ लाखको मेलासिस निर्यात भएको छ। भेनियर सिटको निर्यातमा भने ७२ प्रतिशतले वृद्धि भएको छ। चियामा ३२.५ प्रतिशतले वृद्धि हुँदा ४ अर्ब २१ करोड बराबरको निर्यात भएको हो। 

उद्योगको कच्चा पदार्थमा केन्द्रित विराटनगर भन्सार

विराटनगर भन्सारमा भने औद्योगिक कच्चा पदार्थको आयात बढी छ। जसमा पोलिथिन दानाको आयातबाट एक अर्ब ७१ करोड १७ लाख राजस्व संकलन भएको छ। एचआर सिटीबाट एक अर्ब ६९ करोड ७१ लाख, एलपी ग्यासमा एक अर्ब ५८ करोड ८ लाख र सूर्यमुखी कच्चा तेलबाट एक अर्ब ४७ करोड ८९ लाख राजस्व असुली भएको छ।

भटमास तेलको आयातबाट एक अर्ब ४५ करोड ७७ लाख, शुद्ध फलाममा एक अर्ब २० करोड, स्टिल वायर एक अर्ब १४ करोड ७४ लाख र पेट्रोलबाट ९० करोड ४५ लाख राजस्व असुली भएको तथ्यांक छ।

ICP Biratnagar.jpg

अघिल्लो आर्थिक वर्षभन्दा भटमासको प्रशोधित तेल, फलामे पाता, जुत्ता चप्पल, जुटका बुनिएका कपडा, सेन्थेटीक यार्नको निर्यात बढ्दा तयारी कपडा, जेआई वायरलगायत सामग्रीको निर्यात कमजोर बनेको छ। 

अघिल्लो वर्ष सीआईएफ भ्यालुअनुसार एक अर्ब ६१ करोड २१ लाखको प्लाइउड निर्यात भएको थियो। जुन १०.३० प्रतिशतले घटेर एक अर्ब ४४ करोड ६० लाखमा सीमित भएको हो। पाम तेलमा पनि ८९ करोड २४ लाखको निर्यात भएको थियो। जसको ६०.४० प्रतिशतले गिरावट आएर ३४ करोड ३४ लाखमा समेटियो।

भटमासको प्रशोधित तेल ३५ अर्ब २६ करोड ३१ लाख बराबरको निर्यात हुँदा ८ लाख ५० हजार राजस्व संकलन भयो। भेनियर सिटको निर्यातबाट मात्र १८ करोड ८९ लाख राजस्व जम्मा भएको हो। खयर कत्थाबाट ३१ लाख ८५ हजार, सेन्थेटिक यार्नबाट ३ लाख ९७ हजार, जुटका बुनिएका कपडाबाट २ लाख ६८ हजार संकलन भएको तथ्यांक छ। प्लाइउडको निर्यातबाट १ लाख १८ हजार मात्र राजस्व उठेको छ।

समग्र राजस्व असुलीमा ११ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा ५० अर्ब ८१ करोड ६२ लाख ७१ हजार लक्ष्य राखेको विराटनगर भन्सारमा ५९.७३ प्रतिशत अर्थात् ३० अर्ब ३४ करोड ९० लाख ७७ हजार मात्र संकलन भयो।

२०८१/८२ मा ४१ अर्ब ५५ करोड १६ लाख ३० हजार लक्ष्य राखेकोमा लक्ष्यको ८०.९२ प्रतिशत अर्थात् ३३ अर्ब ६२ करोड १ लाख ८७ हजार राजस्व असुली भएको हो। अघिल्लो आर्थिक वर्षभन्दा ३ अर्ब २७ करोड ११ लाख ११ हजार अर्थात् ११ प्रतिशत बढी संकलन भएको हो।


प्रकाशित : बिहीबार , साउन ८ २०८२११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend