बिहीबार , साउन ८ गते २०८२    
बिहीबार , साउन ८ २०८२
images
images

मुग्लिन-पोखरा सडक : विस्तारपछि दुर्घटनाको जोखिम बढ्दै

images
बुधबार, साउन ७ २०८२
images
images
मुग्लिन-पोखरा सडक : विस्तारपछि दुर्घटनाको जोखिम बढ्दै

आर्थिक वर्ष २०८१/८२ मा ९० साना तथा ठूला सवारी साधन दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्द बताउँछन्।

images

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक विस्तारका क्रममा नै छ। सडक विस्तारपछि यातायात सहज बने पनि दुर्घटना भने बढ्दै गएको छ। सडक दुर्घटनामा परी एक वर्षमा ६२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ।

images
images

आर्थिक वर्ष २०८१/८२ मा ९० साना तथा ठूला सवारी साधन दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्द बताउँछन्।

images
images

सवारी दुर्घटनामा पुरुष ३५, महिला २२, बालक दुई र बालिका तीन गरी ६२ जनाले ज्यान गुमाएका हुन्। सवारी दुर्घटनामा परी ७६ जना गम्भिर घाइते भएका छन् भने ४३ जना सामान्य घाइते भएकाे जिल्ला ट्राफिक प्रमुख चन्दकाे भनाइ छ।

images
images
images

‘ठूला बसको दुर्घटनाले जिल्लामा मृत्युदरको तथ्यांक बढेको छ, विगतको तुलनामा हेर्दा सामान्य हो, तर ह्वात्तै बढेको मृत्युदरले प्रश्न उठाउने गरेको छ’ उनले भने। दुर्घटना हुने सवारीहरुमा ट्रक/ट्यांकर सात, टिपर पाँच, बस १६, माइक्रो तीन, जीपकार १४, ट्याक्टर चार र मोटरसाइकल ४१ वटा छन्।

ती सबै गरी कुल ९० सवारीसाधन दुर्घटना भएको ट्राफिकको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परी ३९ जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा ५० जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते भएका थिए। उक्त आवमा ५० सवारी साधन दुर्घटना भएका थिए।

आर्थिक वर्ष २०७९/८० मा ५२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको तथ्यांकमा उल्लेख छ। सवारी साधन दुर्घटनामा परी ४९ जना गम्भिर घाइते र १४ जना सामान्य घाइते भएका थिए। प्रमुख चन्दले भन्छन्, ‘सडक विस्तार भएपछि सवारी साधन दुर्घटना बढ्दै गएको छ, दुर्घटना बढेपछि मृत्युदर पनि बढ्दो छ।’

सडक सहज भएको छ। अधिकांश यात्रु तनहुँका सडकको यात्रामा हुने घुम्ती तथा सिधा रोडको बारेमा जानकार नहुँदा बढी दुर्घटनामा पर्ने उनले बताए। करिब ७२ किलोमिटर दुरीको मुग्लिन-पोखरा सडक खण्डमा अधिक स्थानमा सडक विस्तारपछि सहज बनेको छ।

‘सडक विस्तार भएसँगै घुम्ती पनि उस्तै छन्, ती घुम्ती आउने समय नयाँ यात्रु जानकार हुँदैनन्, त्यसले गर्दा दुर्घटना दर बढ्न सक्ने अनुमान गरेका छौँ’ उनले भने। सडक विस्तारपछि यात्रा सहज बनेको छ। यस सडकमा यात्रा गर्दा सहजतासँगै घुम्तीमा दुर्घटना बढ्न सक्ने भएकाले यात्रु नै सचेत हुनुपर्ने अवस्था भने देखिएको उनले बताए।


प्रकाशित : बुधबार, साउन ७ २०८२१७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend