काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकबाट ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरूले सिंहदरबारस्थित प्रतिनिधिसभा, संघीय संसद् सचिवालयमा संशोधन दिन सक्नेछन्। रासस