बुधबार, साउन ७ गते २०८२    
बुधबार, साउन ७ २०८२
images
images

चितवन निकुञ्जद्वारा वन्यजन्तुले गरेको क्षतिबापत एक वर्षमा एक करोड ८२ लाख रूपैयाँ राहत वितरण

images
बुधबार, साउन ७ २०८२
images
images
चितवन निकुञ्जद्वारा वन्यजन्तुले गरेको क्षतिबापत एक वर्षमा एक करोड ८२ लाख रूपैयाँ राहत वितरण

निकुञ्जमा रहेका जंगली हात्ती, गैँडा, बाघ, भालु, जंगली बँदेल, मगरगोहीलगायतले क्षति पुर्‍याउँदै आएका छन्।

images

चितवन- चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा एक करोड ८२ लाख ६१ हजार ७७० रूपैयाँ राहत प्रदान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने जनतालाई सो राहत रकम वितरण गरिएको हो। ७२२ घटनामा सोबराबरको राहत रकम प्रदान गरिएको हो।

images
images

जंगली जनावरले गरेका विभिन्न क्षतिको स्थानीयलाई राहत प्रदान गर्ने गरिएको हो। वन्यजन्तुबाट सामान्य घाइते भएका नौ जनालाई ९३ हजार ८५२, गम्भीर घाइते भएका ३२ जनालाई २९ लाख ७४ हजार ६८१ रूपैयाँ क्षतिपूर्तिबापत रकम वितरण गरिएको छ।

images
images

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत आर्थिक वर्षमा जंगली जनावारको आक्रमणका कारण १० जनाको मृत्यु भएको थियो। उनीहरुको परिवारलाई राहतस्वरुप १० लाख रूपैयाँका दरले प्रदान गरिएको उनले जानकारी दिए।

images
images
images

यस्तै, १७२ पशुधनको क्षति भएको छ। सो बापत निकुञ्जले १७ लाख चार हजार ७०० रूपैयाँ राहत रकम स्थानीयलाई उपलब्ध गराएको छ। निकुञ्जबाट बस्ती पसेर विभिन्न जनावरले क्षति पुर्‍याउँदै आएका छन्। यसै क्रममा भण्डारण गरेको अन्नमा १३ पटक क्षति पुर्‍याएको छ। सोबापत ८३ हजार रूपैयाँ, २३ वटा घरगोठको क्षति पुर्‍याएकामा दुई लाख १८ हजार रूपैयाँ राहत रकम प्रदान गरिएको छ।

सूचना अधिकारी मगरका अनुसार अन्नबाली ४५३ पटक क्षति पुर्‍याएबापत ३१ लाख ६० हजार १०० रूपैयाँ राहत रकम बुझाइएको छ। सातवटा कुखुराको क्षति भएबापत २७ हजार ५०० रूपैयाँ राहत रकम निकुञ्जले आसपासमा बसोबास गर्ने मध्यवर्तीका बासिन्दालाई बुझाएको छ।

निकुञ्जमा रहेका जंगली हात्ती, गैँडा, बाघ, भालु, जंगली बँदेल, मगरगोहीलगायतले क्षति पुर्‍याउँदै आएका छन्। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend