बुधबार, साउन ७ गते २०८२    
बुधबार, साउन ७ २०८२
images
images

वीरगञ्ज भन्सार नाका : पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व संकलन

images
बुधबार, साउन ७ २०८२
images
images
वीरगञ्ज भन्सार नाका : पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व संकलन

समग्रमा आव २०८०/८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात एक अर्ब ९४ करोड रूपैयाँले घटेको छ।

images

पर्सा- वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब ८८ करोड रूपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको हो।

images
images

समग्रमा आव २०८०/८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात एक अर्ब ९४ करोड रूपैयाँले घटेको छ। सो अवधिमा मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात घटेपनि सोबाट प्राप्त हुने राजस्व भने १० दशमलव २३ प्रतिशत अर्थात् सात अर्ब ५१ करोड रूपैयाँले बढेको छ।

images
images

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले कार्यालयले गत आवभरिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट प्राप्त गरेको बताए। 'यहाँको भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ', उनले भने।

images
images
images

गत आवभरिमा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ८० अर्ब ९२ करोड रूपैयाँ रकम राजस्व संकलन गरेको छ। जबकी अघिल्लो आव २०८०/८१ मा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन थियो।

कार्यालयका अनुसार गत आवभरिमा ९९ अर्ब ९५ करोड रूपैयाँबराबरको ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा एक खर्ब पाँच अर्ब ८७ करोडको १० लाख ५५ हजार १६० किलोलिटर डिजेलको आयात भएको थियो।

कार्यालयले गत आवभरिमा डिजेल आयातबापत कार्यालयले ४५ अर्ब ७२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ भने अघिल्लो आवको सोही अवधिमा भने ४२ अर्ब ३६ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो।

त्यस्तै गत आवभरिमा ३८ अर्ब ७२ करोडबराबरको चार लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको छ। जबकी अघिल्लो आवको सोही अवधिमा भने रु ३९ अर्ब दुई करोडबराबरको तीन लाख ९४ हजार ७२३ किलोलिटर पेट्रोल आयात भएको थियो। कार्यालयले गत आवभरिमा पेट्रोल आयातबाट २५ अर्ब ६६ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आवमा भने पेट्रोलबाट २२ अर्ब ६२ करोड रूपैयाँ राजस्व संकलन भएको थियो।

यो नाका हुँदै गत आवमा ३६ अर्ब ३७ करोडबराबरको ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपीजी ग्यास आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा भने ३० अर्बबराबरको २७ करोड ९० लाख ४८ हजार ८७८ किलोग्राम एलपीजी ग्यास आयात भएको छ। कार्यालयले गत आवमा एलपीजीबाट ६ अर्ब ८१ करोड र अघिल्लो आवभरिमा भने पाँच अर्ब ६० करोड राजस्व संकलन गरेको थियो।

यो नाका हुँदै गत आवमा १६ अर्ब १४ करोडबराबरको एक लाख ८० हजार ६६३ किलोलिटर एटीएफ आयात भएको छ। अघिल्लो आवमा भने १८ अर्ब २१ करोड रूपैयाँबराबरको एक लाख ७३ हजार ४८४ किलोलिटर एटीएफ आयात भएको छ। कार्यालयले गत आवमा एटीएफ आयातबाट दुई अर्ब ५३ करोड र अघिल्लो आवमा भने दुई अर्ब ६४ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो।

यो नाका हुँदै गत आवमा ६९ करोड रूपैयाँबराबरको सात हजार ९३० किलोलिटर मट्टितेल आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा भने ७१ करोड रूपैयाँबराबरको ६ हजार ८२० किलोलिटर मट्टितेल आयात भएको थियो। गत आवमा मट्टितेल आयातबाट २० करोड राजस्व प्राप्त भयो भने अघिल्लो आवमा भने १८ करोड रूपैयाँ राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend