बुधबार, साउन ७ गते २०८२    
बुधबार, साउन ७ २०८२
images
images

वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध

images
बुधबार, साउन ७ २०८२
images
images
वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध

वर्षाका कारण अवरुद्ध भएका ६ राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएका छन्।

images

काठमाडौं- वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन्।

images
images

प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुमपश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट-डोल्पा भेरी करिडोर अवरुद्ध भएका हुन्।

images
images

यसैगरी, वर्षाका कारण अवरुद्ध भएका ६ राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएका छन्।

images
images
images

टोखा नगरपालिका-२ स्थित काठमाडौं-नुवाकोट सडकखण्ड, बागलुङ नगरपालिका र नवलपरासीपूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकाको ग्रामजिम, भुर्तिवाङ र धामाचौरस्थित सहिद राजमार्ग एकतर्फीरूपमा सञ्चालन भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend