बुधबार, साउन ७ गते २०८२    
बुधबार, साउन ७ २०८२
images
images

केरुङमा फसेका नेपालीलाई तातोपानी नाकाबाट आज स्वदेश फर्काइँदै

images
बुधबार, साउन ७ २०८२
images
images
केरुङमा फसेका नेपालीलाई तातोपानी नाकाबाट आज स्वदेश फर्काइँदै

बाढीका कारण नेपाल-चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई बुधबार सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो।

images

काठमाडौं- नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ।

images
images

बाढीका कारण नेपाल-चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई बुधबार सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो।

images
images

चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गरेका थिए।

images
images
images

भेटमा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल-चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनर्निर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्री डा. राणाको ध्यानाकर्षण गराएका थिए।

उक्त ध्यानाकर्षणसँगै चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउन लागिएको हो। चीनमा फसेकालाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो।

तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौंसम्मको यातायातको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी दुई सय तीन जना नेपाली छन्।

बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेँसी-रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको हाे। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend