बुधबार, साउन ७ गते २०८२    
बुधबार, साउन ७ २०८२
images
images

सेयर बजारमा २० अर्बमाथिका यी १६ कारोबार, बन्ला नयाँ कीर्तिमान?

images
बुधबार, साउन ७ २०८२
images
images
सेयर बजारमा २० अर्बमाथिका यी १६ कारोबार, बन्ला नयाँ कीर्तिमान?
images

काठमाडौं- गएको वर्षजस्तै यसवर्ष पनि साउन लागेसँगै सेयर बजारमा कारोबार रकममा राम्रो वृद्धि भइरहेको छ। 

images
images

साउनको पहिलो कारोबारमा गएको साता बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएकोमा यो साता आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको थियो। सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको कारोबार भएको थियो भने मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँको कारोबार भयो।  

images
images

गएको वर्ष साउनमा ९ दिनसम्म २० अर्ब रुपैयाँमाथिको कारोबार भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो। जतिबेला बजार ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। 

images
images
images

गएको वर्ष साउनमा भएको उच्च कारोबारकै कारण आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँबराबरको धितोपत्र कारोबार भयो। जुन अहिलेसम्मकै सर्वाधिक हो। कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा १८९.२३ प्रतिशतले बढी हो।

यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण रहेकोमा २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भइ ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको थियो।

हिजो मंगलबार २० अर्बमाथिको कारोबार हुँदा बजार २९७३.७० बिन्दुमा पुगेको छ। गएको तीन सातायता नै बजार समग्रमा हरियालीमा नै देखिएको छ। गएको तीन सातामा बजार समग्रमा २७४.८५ अंकले बढेको थियो, जसमा यो साताको तीन कारोबारसमेतका आधारमा बजार ३७७.८९ अंकले बढेको छ। 

अहिले मौद्रिक नीतिपछि सकारात्मक देखिएका लगानीकर्ता सम्हालिएसँगै बजार बढिरहेको छ। साउनको पहिलो कारोबार व्यापक हरियाली भएकोमा दोस्रो कारोबार स्थिर देखियो भने तेस्रो र चौथो कारोबार पुन: उचाइतर्फ लागेको छ।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ। संगठित लगानीकर्तासमेत सकारात्मक बनिरहेका छन्।

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।

अहिले लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले बजार नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्। त्यहीअनुसार बजारको वृद्धि पनि देखिएको छ। कारोबार रकमा देखिएको उत्साह पनि बजार बढ्ने आधारका रुपमा हेरिएको उनीहरूको भनाइ छ। 

यी हुन् अहिलेसम्म २० अर्बमाथिका १६ कारोबार

२०८१ साउन ३१ गते - २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ

२०८१ भदौ २ गते - २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ

२०८१ साउन २८ गते - २७ अर्ब २४ करोड २० लाख रुपैयाँ

२०८१ साउन २७ गते - २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँ

२०८१ साउन २२ गते - २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ

२०८१ साउन ३० गते - २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ

२०८१ साउन १६ गते - २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ

२०८१ साउन २१ गते - २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ

२०८१ साउन १७ गते - २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ

२०७८ साउन ३१ गते - २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ

२०८१ साउन २९ गते - २१ अर्ब ५१ करोड ५० लाख रूपैयाँ

२०८२ साउन ४ गते – २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ

२०७८ भदौ २ गते - २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ

२०७८ भदौ ३ गते - २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ

२०८२ साउन ६ गते - २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ

२०८१ साउन २४ गते- २० अर्ब ७ करोड ४ लाख रुपैयाँ


प्रकाशित : बुधबार, साउन ७ २०८२०७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend