बुधबार, साउन ७ गते २०८२    
बुधबार, साउन ७ २०८२
images
images

६४ लाख राहदानी छपाइ : जर्मन कम्पनी भेरिडोस र मुलबाउरसँग सम्झौता प्रक्रिया सुरु

सार्वजनिक खरिद पुनरावलोकन समितिबाट आईडीईएमआईएको रिट खारेज

images
मंगलबार, साउन ६ २०८२
images
images
६४ लाख राहदानी छपाइ : जर्मन कम्पनी भेरिडोस र मुलबाउरसँग सम्झौता प्रक्रिया सुरु

योसँगै एमआरपी राहदानी छपाइदेखि ५१ लाख विद्युतीय राहदानी छपाइमा एकाधिकार गर्दै आएको आईडीईएमआईए बाहिरिएको हो।

images

काठमाडौं- ६४ लाख राहदानी छपाइका लागि राहदानी विभागले दुई जर्मन कम्पनीलाई सम्झौताका लागि १५ दिनको समय दिएर पत्राचार गरेको छ।

images
images

विभागले प्याकेज १ अन्तर्गतको कामका लागि जर्मन कम्पनी मुलबाउर र प्याकेज २ अन्तर्गतको कामका लागि जर्मन कम्पनी भेरिडोसलाई सम्झौता गर्न आउन पत्र पठाएको हो।

images
images

प्याकेज १ मा 'स्टिम इन्क्लुडिङ प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी'को काम रहेको छ भने प्याकेज २ मा 'बुकलेट, पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ' रहेको छ।  

images
images
images

योसँगै राहदानी छपाइका लागि कम्पनी छनोटमा देखिएको विवाद समाधान भएको छ। राहदानी छपाइका लागि प्राविधिकरुपमा सफल कम्पनीहरूमध्येबाट कम रकम कबुल गर्ने कम्पनीको नाममा विभागले जेठ २२ गते आशयपत्र जारी गरेको थियो।

आशय पत्र जारी भएसँगै प्राविधिकरुपमा सफल भएको फ्रान्सेली कम्पनी आईडीईएमआईएले कम्पनी छनोटमा विरोध जनाउँदै विभागमा उजुरी गरेको थियो।

विभागमा परेको उजुरीउपर विभागले दिएको जवाफमा आईडीईएमआईएले चित नबुझेको भन्दै सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेको थियो। 

सार्वजनिक खरिद पुनरावलोकन समितिले आईडीईएमआईएले गरेको माग दाबी नपुग्ने भन्दै निर्णय सुनाएको हो। योसँगै विभागले ६४ लाख राहदानी छपाइका लागि २ कम्पनीलाई सम्झौता गर्न आउन भन्दै १५ दिनको समय राखेर पत्र पठाएको हो। 

योसँगै एमआरपी राहदानी छपाइदेखि ५१ लाख विद्युतीय राहदानी छपाइमा एकाधिकार गर्दै आएको आईडीईएमआईए बाहिरिएको हो।

आईडीईएमआईएले ४५ लाख एमआरपी छपाइका लागि टेन्डर जितेको थियो। ४५ लाखको टेन्डर जितेको आईडीईएमआईएले भेरिएसनबाट थप २७ लाख एमआरपी राहदानी भेरिएसनबाट छपाइ गरेको थियो।

यसैगरी २०७७ कात्तिकमा २० लाख विद्युतीय राहदानी छपाइका लागि सम्झौता गरेको आईडीईएमआईएले बारम्बार भेरिएसनबाट राहदानी छपाइ गर्दै ५ लाख विद्युतीय राहदानी छपाइ गरेको थियो। भेरिएसनबाट राहदानी छपाइका भएको आर्थिक हिनामिनाको विषयमा अख्तियारले समेत छानबीन गरिरहेको छ।

साथै १०.१३ डलरमा भेरिएसनबाट राहदानी छपाइ गरेको कम्पनीले अहिले साढे ८ डलरमा राहदानी छपाइ गर्ने प्रस्ताव गरेको थियो। तर त्यही रकम अन्य कम्पनीको भन्दा बढी भएपछि छनोट हुन सकेको थिएन।

यसबाट पुष्टि हुन्छ कि आईडीईएमआईएले भेरिएसनबाट राहदानी छपाइमा आर्थिक घोटाला गरिरहेको थियो। अहिले पनि ठेक्का हत्याउन नसकेपछि  ठेक्का सम्झौतामा झमेला गर्दै बढीभन्दा बढी राहदानी भेरिएसनबाट छपाइ गरेर थप रकम कमाउने दाउमा आईडीईएमआईए लागि परेको थियो।

विभागले गएको मंसिर १३ गते ६४ लाख विद्युतीय राहदानी छपाइका लागि  दुईवटा प्याकेजमार्फत ग्लोबल टेन्टर गरेको थियो। विभागले प्याकेज १ अन्तर्गत स्टिम इन्क्लुडिङ प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरीको कामका लागि ग्लोबल टेन्डर गरेको थियो। 

उक्त कामका लागि प्याकेज १ को कामका लागि फ्रान्सेली कम्पनी आईडीईएमआईए, जर्मन कम्पनी मुलबाउर र मलेसियन कम्पनी आइरिस कर्पोरेसनले आवेदन दिएका थिए।

त्यसमध्ये मलेसियन कम्पनी आइरिस कर्पोरेसनले आवेदन प्रक्रियामा नै प्रक्रियागत काम पूरा नगरेको भन्दै प्राविधिक मूल्यांकनमा सहभागी गराइएको थिएन। फ्रान्सेली कम्पनी आईडीईएमआईए र जर्मन कम्पनी मुलबर प्राविधिक रुपमा सफल भएका थिए। सफल कम्पनीहरूबीच जेठ १४ गते आर्थिक प्रस्ताव खोलिएको थियो। 

प्याकेज-१ अन्तर्गत आर्थिक प्रस्तावमा मुलबाउर ले १ करोड ११ लाख ५४ हजार ८३४ अमेरिकी डलर प्रस्ताव गरेको थियो। उक्त रकम नेपाली रुपैयाँ १ अर्ब ५५ करोड ८ लाख १४ हजार ३२५ रुपैयाँ हुन्छ। 

यसैगरी विभागले प्याकेज २ मा बुकलेट, पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङको काम रहेको थियो। प्याकेज २ अन्तर्गतको कामका लागि फ्रान्सेली कम्पनी आईडीईएमआईए, जर्मन कम्पनी भेरिडस, जर्मन कम्पनी मुलबाउर र पोल्याण्डको पीडब्लू पीडब्लूले आवेदन दिएका थिए। आवेदन दिएका सबै कम्पनी प्राविधिक रुपमा पास भएका थिए। 

प्रावधिक रुपमा पास भएका कम्पनीहरूमा भेरिडोसले बाजी मारेको छ। भेरिडोसले ६ अर्ब ११ करोड ३८ लाख ३७ हजार ३३७ रुपैयाँ कबोल गरेको छ। यो नै सबैभन्दा न्यून रकम हो। अबदेखि राहदानी छपाइमा दुई जर्मन कम्पनीले काम गर्ने भएका हुन्।


प्रकाशित : मंगलबार, साउन ६ २०८२१८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend