मंगलबार, साउन ६ गते २०८२    
मंगलबार, साउन ६ २०८२
images
images

अर्घाखाँचीमा वन्यजन्तुबाट मकैबाली जोगाउन हेरालु नियुक्त, मासिक १० हजार पारिश्रमिक

images
मंगलबार, साउन ६ २०८२
images
images
अर्घाखाँचीमा वन्यजन्तुबाट मकैबाली जोगाउन हेरालु नियुक्त, मासिक १० हजार पारिश्रमिक

६ वटा स्थानीय तहका १० क्षेत्रमा दुई-दुई जनाका दरले हेरालु राखिएको छ। हेरालुले मासिक १० हजार रूपैयाँ पारिश्रमिकसहित सञ्चारक खर्च पाउने छन्।

images

अर्घाखाँची- अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ। सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ। 

images
images

कार्यालयले वन्यजन्तु प्रभावित क्षेत्रलाई लक्षित गरी वन संवर्द्धन प्राणालीमा आधारित वन व्यवस्थापन कार्य गरिरहेका १० समूहको समेत लागत साझेदारीमा जिल्लामा पहिलोपटक २० स्थानका लागि हेरालु नियुक्त गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए।

images
images

कार्यालयले आगामी कात्तिक ५ गतेसम्मका लागि मकैबालीलाई लक्षित गरी सञ्चार तथा पारिश्रमिक खर्च व्यहोर्ने गरी हेरालुलाई प्रभावित क्षेत्रमा आवश्यक सामग्रीसहित खटाएको छ।

images
images
images

वन्यजन्तुबाट प्रभावित सन्धिखर्क नगरपालिकाको किमडाँडा र पटुवाथुम, पाणिनी गाउँपालिकाको पाली र अडगुरी, छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरुङगा र अर्घातोष तथा मालारानी गाउँपालिकाको खनलगायतका स्थानमा उनीहरुलाई खटाइएको कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए।

६ वटा स्थानीय तहका १० क्षेत्रमा दुई-दुई जनाका दरले हेरालु राखिएको छ। हेरालुले मासिक १० हजार रूपैयाँ पारिश्रमिकसहित सञ्चारक खर्च पाउने छन्।

शीतगंगा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० सामुदायिक वनले मासिक दुई लाख रूपैयाँ सहयोग गरेको छ। साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा रहने मकै, सिमी, बोडी, फर्सी, काँक्रालगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलको आतंक हुने भएकाले यस वर्ष परीक्षणका रूपमा हेरालु राखिएको हो।

नियुक्त गरिएका कर्मचारीलाई बाँदर र बँदेल धपाउन तालिम पनि दिइएको थियो। हेरालुले दिनभर गरेको कामको विवरण हरेक दिन डिभिजन वन कार्यालयमा पठाउन निर्देशन दिएको सूचना अधिकारी खड्काले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२१३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend