मंगलबार, साउन ६ गते २०८२    
मंगलबार, साउन ६ २०८२
images
images

ओखलढुंगामा चार हजार घर पहिरोको जोखिममा

images
मंगलबार, साउन ६ २०८२
images
images
ओखलढुंगामा चार हजार घर पहिरोको जोखिममा
फाइल तस्बिर

सुनकोशी, दुधकोशी र लिखु-३ नदीले घेरिएको ओखलढुंगा जिल्लामा नदी कटानको समेत समस्या छ।

images

ओखलढुंगा- जिल्लाका आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेका आकलन गरिएको छ। आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेका हुन्।

images
images

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अनुप पौडेलका अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८१ का अनुसार जिल्लामा तीन हजार ९०४ घर पहिरो र १४३ घर बाढीजन्य विपद्को जोखिममा छन्।

images
images

स्थानीय तहहरुले जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको विवरणानुसार १२ हजार ३८४ मानिस उच्च जोखिममा छन्। सबैभन्दा बढी जिल्लाको खिजीदेम्बा गाउँपालिका-३ को एस्टेन, भित्ताखर्क, सतल्पु, गुरिफ, तनुवा, चप्लेटी खोला र चोस्पु गाउँका गरि दुई हजार ४२५ घरका छ हजार ७० नागरिक जोखिममा छन्।

images
images
images

यस्तैऽ मोलुङ गाउँपालिका-८ गौरीगाउँ, पलारु, खिम्ली, ओवाङ्गी, भिरकुना, रागाँदीप, टङ्कु र सेप्लुका गरी पाँचसय २० घरका दुई हजार ५०० मानिस पहिरोको जोखिममा छन्। चम्पादेवी गाउँपालिका-८ बिलन्दुका एकसय ६५ घर पनि पहिरोको उच्च जोखिममा छन्।

मानेभन्ज्याङ गाउँपालिका-६ र ७ मा अवस्थित टोक्सेलको हर्कपुर, माझीगाउँ र जयरामघाट तथा चम्पादेवी गाउँपालिका-१ पलापुको सुनकोशी नदी किनारका एकसय ४३ घर बाढी तथा डुबानको जोखिममा छन्। सुनकोशी, दुधकोशी र लिखु-३ नदीले घेरिएको ओखलढुंगा जिल्लामा नदी कटानको समेत समस्या छ। जिल्लाभित्रका खोलानालाले समेत वर्षाको समयमा जनधनको क्षति गर्ने गरेका छन्।

जोखिम बढेसँगै प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्दै जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ। विपद् जोखिम न्यूनीकरण, उद्धार र राहतका लागि जिल्लास्तरीय संयन्त्र परिचालन गरिएको र स्थानीय तहहरूसँग समेत समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको भनाइ छ। विपद्को समयमा तत्कालै प्रयोग गर्न विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई व्यवस्थापन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

जिल्लाका सबै पालिकामा पहिरो र केही पालिकाको नदी तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम छ। भूक्षयका दृष्टिकोणले ओखलढुंगा कोशी प्रदेशमै सबैभन्दा बढी जोखिमयुक्त जिल्ला हो। यहाँ बाढीपहिरोबाट बर्सेनि जनधनको क्षति हुँदै आएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend