मंगलबार, साउन ६ गते २०८२    
मंगलबार, साउन ६ २०८२
images
images

राजस्व कार्यालय धनगढीद्वारा गत आवमा २ अर्ब ८७ करोड राजस्व संकलन

images
मंगलबार, साउन ६ २०८२
images
images
राजस्व कार्यालय धनगढीद्वारा गत आवमा २ अर्ब ८७ करोड राजस्व संकलन

गत आवको लक्ष्यबराबरको राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा बढी संकलन भएको सूचना अधिकारी छत्रबहादुर माझीले बताए।

images

कैलाली- आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। सो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा सात दशमलव ४४ प्रतिशतले बढी हो।

images
images

कार्यालयले गत आवमा तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत संकलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए। गत आवको लक्ष्यबराबरको राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा बढी संकलन भएको उनले बताए।

images
images

राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट २६ करोड ७३ लाख आठ हजार रूपैयाँ, व्यक्तिगत आयकरबाट एक अर्ब २७ करोड ५९ लाख ८१ हजार रूपैयाँ, अन्तःशुल्क आयकरबाट १६ करोड ४३ लाख ९५ हजार रूपैयाँ र मूल्य अभिवृद्धि करबाट एक अर्ब ११ करोड चार लाख ४३ हजार रूपैयाँ राजस्व संकलन गरेको उनले बताए।

images
images
images

आव २०८०/८१ मा तीन अर्ब आठ करोड ४१ लाख ४० हजार रूपैयाँ उठाउने लक्ष्य लिएकामा दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend