सोमबार, साउन ५ गते २०८२    
सोमबार, साउन ५ २०८२
images
images

पश्चिम सेती कोरिडोरमा पाँच संस्थाबीच ऐतिहासिक समझदारी, ऊर्जा पूर्वाधारमा नयाँ युगको थालनी

images
सोमबार, साउन ५ २०८२
images
images
पश्चिम सेती कोरिडोरमा पाँच संस्थाबीच ऐतिहासिक समझदारी, ऊर्जा पूर्वाधारमा नयाँ युगको थालनी

पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्ताे बताएका हुन्।

images

काठमाडौं-  ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने बताएका छन्।

images
images

पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्ताे बताएका हुन्।

images
images

ट्रान्समिसन लाइनको अभाव अब दूर हुने र यो सहकार्यले ऊर्जा विकास मार्गचित्रअनुसारको लक्ष्यप्राप्तिमा ठोस टेवा पुर्‍याउने उनकाे भनाइ छ।

images
images

‘ऊर्जा क्षेत्रमा महत्वपूर्ण आशा जगाएको यस समझदारीले प्रसारण संरचनाको अभाव पूर्ति गर्छ र उत्पादित विद्युत् खेर जाने समस्या अन्त्यतर्फ जान्छ। निजी क्षेत्रले पनि उत्पादन र बिक्री गर्न पाउने वातावरण बनाउन सरकार सकारात्मक छ।

आन्तरिक खपतसँगै बढी विद्युत् बिक्रीका लागि निजी क्षेत्रलाई सहज वातावरण बनाउन काम भइरहेको छ’ मन्त्री खड्काले भने।

पश्चिम सेती कोरिडोर अन्तर्गतका जलविद्युत् आयोजना र प्रसारण पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यले पाँच प्रतिष्ठित संस्थाहरू हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) बीच आपसी समझदारीमा हस्ताक्षर भएको छ।

त्यस्तै, चैनपुर सेती जलविद्युत कम्पनी लिमिटेड (सिजेसिएल), चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड (सिएचएससी) र समृद्धि इन्जी लिमिटेड (एसईएल) बीच पनि हस्ताक्षर भएको हाे।

समारोहमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापा, सिजेसिएलका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठ, सिएचएससीका प्रमुख कार्यकारी अधिकृत अनिल भक्त श्रेष्ठ, एसईएलका प्रबन्ध निर्देशक नारायणप्रसाद आचार्य तथा अध्यक्ष शैलेन्द्र हुमागाईलगायतका प्रतिनिधिहरुले समझदारीपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरी एक आपसमा आदान-प्रदान गरेका थिए।

समझदारीअनुसार बझाङ-निलेगडा-दोधारा ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा सो लाइनमा जोडिने तीनवटा जलविद्युत आयोजना-चैनपुर सेती (२१० मेगावाट), सेती नदी-३ (८७ मेगावाट) र बझाङ माथिल्लो सेती (२१६ मेगावाट)-को निर्माण, वित्तीय स्रोतको परिचालन र सञ्चालनमा बहुपक्षीय सहकार्य हुनेछ।

एचआईडीसीएलले परियोजनाहरूको वित्तीय व्यवस्थापनको नेतृत्व गर्नेछ भने आरपीजीसीएलले आवश्यक मोडल तय गरी ‘स्फेसल प्रपोज भेहिकल (एसपीभी)’ को माध्यमबाट प्रसारण लाइन निर्माण र सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ।

कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले नेपालको ऊर्जा क्षेत्रमा निजी र सरकारी साझेदारी अपरिहार्य भइसकेको उल्लेख गर्दै यस्तो सहकार्यले प्रणालीगत सुधार ल्याउने र राष्ट्रिय उत्पादन क्षमतालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

उनले ऊर्जा व्यापार, ट्रान्समिसन पूर्वाधार र निजी लगानी प्रवाहलाई सन्तुलनमा ल्याउँदै आत्मनिर्भरता हासिल गर्न यो कदमलाई राष्ट्रको ऊर्जा सुरक्षातर्फको कोशेढुंगाको रूपमा लिनुपर्ने धारणा राखेका छन्।

सम्झदारीमा हस्ताक्षर भएका आयोजनामध्ये अधिकांशले निर्माण अनुमति, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), विद्युत खरिद सम्झौता (पीपीए), ग्रिड जडान तथा लगानी स्वीकृतिका प्रमुख चरण पार गरिसकेका छन्।

प्रसारण लाइनसम्बन्धी अध्ययन, डिजाइन तथा जग्गा अधिग्रहण कार्यहरू समेत सम्पन्न भइसकेका छन्। यो सहकार्यले पश्चिम नेपालमा ऊर्जा पूर्वाधार विकासलाई गम्भीर गति दिनेछ। राष्ट्रिय प्रसारण सञ्जाललाई सबल बनाउने र दीर्घकालीन रूपमा भारत-नेपाल विद्युत व्यापारलाई समेत सघाउनेछ विश्वास गरिएको छ।


प्रकाशित : सोमबार, साउन ५ २०८२१४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend