सोमबार, साउन ५ गते २०८२    
सोमबार, साउन ५ २०८२
images
images

कर्णालीका ५० ठाउँमा तुइन रहेको प्रारम्भिक प्रतिवेदन, हुम्लामा सबैभन्दा बढी

images
सोमबार, साउन ५ २०८२
images
images
कर्णालीका ५० ठाउँमा तुइन रहेको प्रारम्भिक प्रतिवेदन, हुम्लामा सबैभन्दा बढी

संकलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा छ। हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ। हुम्लामा कर्णाली नदीमाथि ६ वटा तुइन रहेको जनाइएको छ।

images

सुर्खेत- तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्यांक संकलन गरेको छ। तथ्यांकअनुसार १० जिल्लामा ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) एवं मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए।

images
images

तुइन विस्थापित गर्दै झोलुंगे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो। प्रदेशका १० मध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको हो।

images
images

पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरण अनुसार ५० वटा तुइन भएको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए।

images
images

संकलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा छ। हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ। हुम्लामा कर्णाली नदीमाथि ६ वटा तुइन रहेको जनाइएको छ।

यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा दुई, मुगुमा दुई, डोल्पामा तीन र सुर्खेतमा आठ वटा तुइन रहेको विवरण प्राप्त भएको छ। दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त भएको नभएको जनाइएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ। नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेटसमेत विनियोजन गरिएको छ। तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गर्न लागिएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ मा उक्त शीर्षकमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताउँछन्। रासस


प्रकाशित : सोमबार, साउन ५ २०८२१३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend