सोमबार, साउन ५ गते २०८२    
सोमबार, साउन ५ २०८२
images
images

अम्रिसोखेतीबाट लाखौँ आम्दानी गर्दै सामुदायिक वन

images
सोमबार, साउन ५ २०८२
images
images
अम्रिसोखेतीबाट लाखौँ आम्दानी गर्दै सामुदायिक वन

वन कार्यालयका सचिव दामोदर जोशीका अनुसार सामुदायिक वनमा करिब डेढ दशकअघि सुरू गरिएको अम्रिसोखेतीलाई पछिल्लो ६ वर्षदेखि व्यवस्थित र व्यावसायिक बनाइएको हो।

images

कञ्चनपुर- कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ।

images
images

वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसोखेती गर्दै समूहले वन संरक्षणसँगै आर्थिक समृद्धि हासिल गरिरहेको छ।

images
images

वन कार्यालयका सचिव दामोदर जोशीका अनुसार सामुदायिक वनमा करिब डेढ दशकअघि सुरू गरिएको अम्रिसोखेतीलाई पछिल्लो ६ वर्षदेखि व्यवस्थित र व्यावसायिक बनाइएको हो।

images
images

‘गएको असारसम्म सात हजार कुचो बिक्री गरेर तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्‍यौँ’ जोशी भन्छन्, ‘अघिल्लो वर्ष कुचो बिक्रीबाट दुई लाख रुपैयाँ मात्र आम्दानी भएको थियो।’ वनबाट संकलन गरिएको अम्रिसोबाट स्थानीय उपभोक्तालाई रोजगारी दिइएको छ।

अम्रिसो संकलनदेखि उपभोक्तालाई नै झाडु (कुचो) बनाउन लगाइन्छ। प्रत्येक झाडु बनाउँदा उनीहरूले १५  रुपैयाँ पारिश्रमिक पाउँछन् भने बजारमा ५० देखि ७० रुपैयाँसम्ममा बिक्री हुन्छ। समूहका अध्यक्ष इश्वर बुढाका अनुसार बजारमा अम्रिसोको झाडुको माग उच्च छ।

स्थानिय बजारमै सहज बिक्री हुन्छ। यद्यपि वन क्षेत्रमा अम्रिसोखेतीको क्षेत्र विस्तारका साथसाथै जंगली हात्तीको समस्या पनि बढ्दै गएको छ।

‘हात्तीले नोक्सानी गर्दा यस वर्ष केवल तीन लाख रुपैयाँ बराबरको झाडु मात्र बिक्री हुन सक्यो’ अध्यक्ष बुढाले भने, ‘अम्रिसोको आकर्षणले गर्दा हात्तीको बथान बस्ती छिर्न थालेको छ, त्यसैले अम्रिसोखेतीलाई चुरे क्षेत्रतर्फ सार्ने योजना बनाएका छौँ।’

हात्तीले नोक्सान नगर्ने हो भने १५ देखि २० लाख रुपैयाँसम्मको झाडु उत्पादन गर्न सकिने अध्यक्ष बुढाले बताए। समूहको दीर्घकालीन योजनामा चुरे क्षेत्रका खोल्सा तथा समथर भूभागलाई अम्रिसोखेती योग्य बनाउने लक्ष्य रहेको छ।

कुचो बिक्रीबाट आएको रकम वन संरक्षणका विविध कार्यमा लगानी गरिएको छ। मेसवायर जडान, फलफूल र बाँसका नमूना प्लट विकास, उपभोक्ताका लागि आयआर्जनमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै वन संरक्षणलाई संस्थागत बनाइँदै आएको छ।

वि.सं. २०५८ मा स्थापना भएको सो सामुदायिक वन हाल तीन सय ९७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। वनसँग आठ सय १६ उपभोक्ता आबद्ध छन्। आम्दानी, रोजगारी, संरक्षण र समुदायबीचको सहकार्यको सफल नमूना बनेको यो वन अन्य सामुदायिक वनका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको छ। रासस


प्रकाशित : सोमबार, साउन ५ २०८२१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend