सोमबार, साउन ५ गते २०८२    
सोमबार, साउन ५ २०८२
images
images

जुम्लामा ६७ प्रतिशत पुँजीगत खर्च

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ५ २०८२
images
images
जुम्लामा ६७ प्रतिशत पुँजीगत खर्च

चालुतर्फ पाँच अर्ब ५९ करोड ४९ लाख बजेटमध्ये पाँच अर्ब २८ करोड ८१ लाख अर्थात् ९४ दशमलब ९६ प्रतिशत बजेट चालुतर्फको खर्च भएको छ।

images

जुम्ला- जुम्लाको विकासका लागि संघीय सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको कुल बजेटमध्ये ६७ दशमलव ९१ प्रतिशत मात्र  खर्च भएको छ। 

images
images

पुँजीगततर्फ तीन अर्ब पाँच करोड ११ लाख २७ हजार विनियोजन गरिएकामा दुई अर्ब आठ करोड १९ लाख ८५ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर घर्तीमगरले जानकारी दिए। 

images
images

यहाँका आठ वटा स्थानीय तहसहित जिल्लाका ३६ वटा संघीय सरकारका मातहतका कार्यालयका लागि चालु र पुँजीगतका लागि जम्मा बजेट आठ अर्ब ६३ करोड ६० लाख बजेट विनियोजन भएको थियो।

images
images

चालुतर्फ पाँच अर्ब ५९ करोड ४९ लाख बजेटमध्ये पाँच अर्ब २८ करोड ८१ लाख अर्थात् ९४ दशमलब ९६ प्रतिशत बजेट चालुतर्फको खर्च भएको छ।

पुँजीगततर्फ तीन अर्ब पाँच करोड ११ लाख २७ हजार विनियोजन बजेटमध्ये दुई अर्ब आठ करोड १९ लाख ८५ हजार अर्थात् ६७ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ। 

कुल बजेटको चालु र पुँजीगत गरी सात अर्ब ३७ करोड एक लाख २५ हजार अर्थात् ८५ दशमलब २३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख घर्तीमगरले बताए। कुल बजेटको एक अर्ब २७ करोड ५९ लाख १७ हजार विकास बजेट खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ। 

संघीय सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको बजेटमध्ये सबैभन्दा बढी सघन सहरी तथा भवन आयोजना जुम्लाको बजेट धेरै फ्रिज भएको छ। उक्त कार्यालयलाई विनियोजित पुँजीगत बजेटतर्फ एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको छ। 

उक्त कार्यालयको पुँजीगततर्फ जुन बजेट खर्च हुन नसक्दा ७५ करोड दुई लाख ६९ हजार बजेट खर्च फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ।

सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ ७१ करोड ५५ लाख बजेटमध्ये ५६ करोड ३२ लाख १२ हजार अर्थात् ७८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ। १५ करोड ४२ लाख ६३ हजार बजेट पुँजीगत तर्फको खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, साउन ५ २०८२१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend