सोमबार, साउन ५ गते २०८२    
सोमबार, साउन ५ २०८२
images
images

पानी नपर्दा महोत्तरीका किसान चिन्तित, २५ प्रतिशतमात्र रोपाइँ सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ५ २०८२
images
images
पानी नपर्दा महोत्तरीका किसान चिन्तित, २५ प्रतिशतमात्र रोपाइँ सम्पन्न

गतवर्ष जिल्लाको कुल ४२ हजार पाँच सय हेक्टर जग्गामा धानखेती गरिएकामा एक लाख ५० हजार ८ सय मेट्रिकटन धान उत्पादन भएको थियो। तर यसवर्ष अझै १५ दिनसम्म पानी नपरेमा जिल्लामा धान उत्पादन घट्ने अनुमान कृषि ज्ञान केन्द्रको छ।

images

महोत्तरी- लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि यहाँका किसान चिन्तित छन्। साउनको पहिलो साता बित्नै लाग्दासमेत जिल्लामा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ।

images
images

१० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा मध्ये ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ। त्यसमध्ये यसवर्ष ४० हजार हेक्टरमा धानखेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्दराय यादवले बताए।

images
images

जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो, ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए जिल्ला भरि रोपाइँको अवस्था सन्तोषजनक नरहेको उनले बताए।

images
images

जिल्लामा सतह सिँचाइको व्यवस्था नरहेको कारण बर्सेनि धान रोपाइँको बेला समस्या हुने गरेको र किसानहरुले समयमा धानबाली लगाउन नसकेको कार्यालय प्रमुख यादवले बताए।

उनले जिल्लामा अहिले समग्रमा मात्र २५ प्रतिशत रोपाइँ भएकोमा सबैभन्दा बढी सोनमा गाउँपालिकामा ४० प्रतिशत र सबैभन्दा कम मनराशिस्वा नगरपालिकामा १० प्रतिशत रोपाइँ भएको जानकारी दिए।

कार्यालय प्रमुख यादवले साउन १५ गतेसम्म जिल्लामा पानी परेन भने किसानले खेतमा लगाएको धानका बेर्ना बुढो हुने भएकाले नसप्रिने र अपेक्षाअनुसार उत्पादन नहुने बताए।

उनले भदैया, हर्दिनाथलगायतका धानका जातको २५ दिनसम्मको बेर्नाले रोपाइँ भएमा राम्रो हुने बताए। सोना मनसुली, बासमतिलगायतका धानका जातका ४० दिनसम्मको बेर्ना रोपाइँ गर्दा उत्पादन राम्रो हुने बताए। जिल्लामा दुवै थरिका धानका बेर्नाहरु ४० दिनभन्दा बढीका भइसकेको अवस्थामा अझै पानी नपर्दा किसान चिन्तित भएका हुन्।

गतवर्ष जिल्लाको कुल ४२ हजार पाँच सय हेक्टर जग्गामा धानखेती गरिएकामा एक लाख ५० हजार ८ सय मेट्रिकटन धान उत्पादन भएको थियो। तर यसवर्ष अझै १५ दिनसम्म पानी नपरेमा जिल्लामा धान उत्पादन घट्ने अनुमान कृषि ज्ञान केन्द्रको छ।

पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छभने फाटफुट रुपमा किसानले रोपेको खेतको रोपोमा धाँजा फाट्न थालेको जलेश्वर नगरपालिका-८ का किसान रामआश्रे मण्डलले बताए। पानी पर्ना साथ रोपाइँ गर्ने आशामा रहेको जलेश्वर नगरपालिका-११ का किसान महेन्द्र साहले बताए। रासस


प्रकाशित : सोमबार, साउन ५ २०८२११:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend