बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

माैद्रिक नीतिको समीक्षापछि के हाेला सेयर बजार?

images
शुक्रबार, फागुन ६ २०७८
images
images
माैद्रिक नीतिको समीक्षापछि के हाेला सेयर बजार?

राजनीतिक उथलपुथललगायत एमसीसीको विषयमा केही निर्णय भएपछि बजारमा सुधार अवश्य आउँछ।

images
images

काठमाडौं- मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँगै नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको ४/१२ करोडको सीमामा केही परिमार्जन गर्ला कि भने आशा जीवितै थियो। तर केही भएन।

images
images

तरलता अभाव बढिरहेको बेला राष्ट्र बैंकले आयात तर्फ कडाई गरिहेको थियो। जसका कारण पनि ४/१२ करोडको सेयर कर्जामा केही होला जस्तो मलाई चाँहि लागेको थिएन।

images
images

अर्को मार्जिन तथा ल्यान्डिङ र ब्याज बढाउने विषय आएको थियो। तर आज मात्रै नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकरण भट्टले बैंकलाई ब्याज यति बढाउ भनेर सर्कुलन नगरेको बताएका छन्। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको फ्रेम मात्रै आएको हो।

images
images

अब विस्तृतमा आउन बाँकी नै छ। के आउँछ त्यसका लागि पर्खनु नै पर्नेछ। सेयर बजारमा ४/१२ करोडको सेयर कर्जाको विषयलाई लिएर ब्याजदर बढेका कारण बैंकमा लोन फर्कारहेका छन्। अहिले बजारमा सेयर लोन अति नै कम छ।

४/१२ करोडको नियमले बाध्य भएर फर्काउन पर्‍यो। जसका कारण बजार घटेको थियो। अहिले सेयर बजारमा ८०/८५ अर्ब रुपैयाँ मात्रै लोन होला। यो भन्दा बढी छैन बरु कम नै होला। पुरानाले तिरिरहेका छन्। नयाँ लोन लिने छैनन्।

अब ब्यााजरको विषयले पनि बजारमा असर पार्ने अवस्था देखिँदैन। नयाँ लगानीकर्ताले लोन लिएका छैनन्। ब्याजदरको विषयले पनि अब बजारमा खासै ठूलो प्रभाव पर्ने अवस्था रहँदैन। 

अर्को विषय सेयर बजारसँग अहिले एमसीसी पनि जोडिएको छ। एमसीसी पास होला नहोला आफ्नो ठाउँमा छ। पास भएको अवस्थामा बजारलाई पनि यसले फाइदा नै गर्छ। तर यो राजनीति विषय हो। 

बजारका लागि अर्को सकारात्मक पाटो भनेको निर्वाचन नै हो। स्थानीय तहको निर्वाचन त बैशाख ३० मा हुने निश्चित जस्तै भएको छ। निर्वाचनमा त कसैले पनि विरोध गरेका छैनन्।

निर्वाचन आउन २/३ महिना मात्रै छ। निर्वाचनका बेला बजारमा अर्ब रुपैयाँ निस्कन्छ। योसँगै राष्ट्र बैंकले ल्याएको नीतिले  पनि बजारमा सहयोग पाउँछ। तरलता अभाव सम्बोधनका लागि पनि राष्ट्र बैंकले राम्रै काम गरिरहेको छ।

यस्तो अवस्थामा लगानीकर्ता आतिहाल्न हुँदैन जस्तो लाग्छ मलाई। अलिकति धैर्य तथा सहनशिलता राख्न सक्नु पर्छ। बजार घटने ठाउँ देखिँदैन। बजार घटने ठाउँ नदेख्नुको कारण २२ अर्बको कारोबार रकम २/३ अर्बमा आइसेको छ।

लगानीकर्ताहरु सेयर बेच्न चाहिरहेका छैनन्। खाली ट्रेडर्सहरुले प्रोफिट बुक गर्नका लागि भन्दै बिक्री गरिरहेका छन्। केही मात्रामा नयाँ प्रवेश गरेका लगानी कर्ताहरुले डराएर मात्रै सेयर बचेका हुन्।

राम्रोसँग बजार बुझेका लगानीकर्ताहरुले सेयर बेच्दैन। होल्ड नै गरेर बस्छन्। अझै लोनको पैसा तिर्न छैन भने सेयर किनेर बसेका छन्। बजारको सिद्धान्त नै रेड जोनमा खरिद गर्ने र ग्रिन जोनमा बिक्री गर्ने हो।

तर हाम्रो नेपालमा अहिले नयाँ तथा सना लगानीकर्ताहरुले रेड जोनमा जाने बित्तिकै सेयर बिक्री गर्ने र ग्रिन जोनमा जाने थाले पछि खरिद गरिरहेका छन्।

जसरी नयाँ लगानीकर्ता थपिरहेका छन् उनीहरुमा बजारको विषयमा ज्ञानको कमी होला र हुन पनि सक्छ। यस्ता लगानी कर्ताले हरियो भएको बेला उत्साहि भएर खरिद गर्ने र रेड जोनमा लागेपछि आत्तिएर सेयर बिक्री गर्छन्। 

यसले गर्दा बजारमा केही प्रभाव परेको अवश्य पनि हो। नेपालको हकमा सना तथा मझौला लगानीकर्ता ओझेलमा परेका छन्। ट्रेडर्सले नै बढी लाभ लिइरहेका छन्।

अहिले १५/२० वर्ष पुरानो बैंकको सेयर पनि ४ सय वा त्यो भन्दा पनि तल आइसेको छ। यो त आईपीओ भन्दा पनि सस्तो हो। बुझेका लगानीकर्ताले सेयर बेचेका छैनन्। होल्ड गरेर बसिरहेका छन्। 

यसको अर्थ अहिले लगानीको समय हो। विदेश तिर रातो हुन थालेपनि सेयर खरिद गर्ने र हरियो हुन थालेपछि बेच्ने गरिन्छ। तर यहाँ उल्टो भएको छ। 

अझै म के भन्छु भने बजारले २२ अर्ब कारोबार रकम र ३२ सय अंक नघाउँछ। तर अहिले भने बजारमा बादल लागेको छ। यसमा राजनीति विषयदेखि एमसीसीसम्म सबै जोडिएको छ। राजनीतिक उथलपुथल लगायत एमसीसीको विषयमा केही निर्णय भएपछि बजारमा सुधार अवश्य आउँछ। बजारमा अझै एक महिना बादल रहन सक्छ।

आत्तिएर हैन धैर्यताका साथ लगानी गर्ने हो। बजार अवश्य माथि जान्छ। बजार बढ्नका लाग क्लियर बाटो चाहिन्छ। यो समस्या समाधान भएपछि बजार अवश्य बढ्छ। अर्को विषय नेप्से र सेवन नेतृत्व बिहीन थिए। दुबैले नेतृत्व पाएका छन्। उनीहरुले पनि सबैलाई फाइदा हुने गरी काम गर्ने बाचा गरिरहेका छन्। उनीहरुले पनि विगतका कुरलाई बुझेर राम्रै काम गर्ने आशा सबैमा छ।

राम्रो कम्पनीमा लगानी गर्दा केही समस्या आउँदैन। उदाहरणका लागि नबिल बैंकलाई हेरे पुग्छ। बैंकहरुको रिपोर्ट पनि राम्रै आएको छ। बिहानीले नै दिउँसोको संकेत गर्ने हो जस्तै भएको छ। 


प्रकाशित : शुक्रबार, फागुन ६ २०७८१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend