काठमाडौं- काठमाडौं महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भंग गरेको छ। महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै सम्झौता भंग गरेकाे हाे।
प्रमुख प्रशासकीय अधिकृत स्तरिय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको महानगरले जनाएको छ।
‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो। काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ’ पत्रमा भनिएको छ।
सोमबार विभागले आपूर्तिकर्तालाई पत्र पठाएको हो। पानी आपूर्तिकर्ता सी. एन.सँग २०८१ बैशाख २ गते सम्झौता गरेर महानगरले सेवा लिन थालिएको थियो।