बुधबार, जेठ २८ गते २०८२    
बुधबार, जेठ २८ २०८२
images
images

दुई प्रदेश जोड्ने सडक स्तरोन्नति नभएपछि गाउँपालिकामा युवाहरुको धर्ना

images
मंगलबार, जेठ २७ २०८२
images
images
दुई प्रदेश जोड्ने सडक स्तरोन्नति नभएपछि गाउँपालिकामा युवाहरुको धर्ना

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रामपुर बेलडाँडा, ढुंगानाबेँसी, मित्याल अरुणखोला सडकखण्डअन्तर्गत पर्ने सडक समयमा नै स्तरोन्नति नहुँदा आवातजावत गर्नेले सास्ती भोग्नुपरेको छ।

images
images

पाल्पा- पाल्पा निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन्। यसका लागि उनीहरुले गाउँपालिकाको कार्यालयमा अगाडि  प्रदर्शन एवं धर्ना दिएका छन्।

images
images
images

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रामपुर बेलडाँडा, ढुंगानाबेँसी, मित्याल अरुणखोला सडकखण्डअन्तर्गत पर्ने सडक समयमा नै स्तरोन्नति नहुँदा आवातजावत गर्नेले सास्ती भोग्नुपरेको छ।

images
images

नवलपुर क्षेत्रको भागमा सडक स्तरोन्नति सम्पन्न भइसकेको छ भने पाल्पा खण्डका भागमा स्तरोन्नतिको काम भएको छैन। करिब पाँच दशकअघि नक्सा तयार भएर सडक मार्ग (ट्रयाक) खुलेको लामो समय भइसक्दा पनि स्तरोन्नतिको काम हुनसकेको छैन।

images
images
images

सो सडकखण्ड भएर यात्रा गर्ने यात्री तथा स्थानीयबासीले झमेला बेहोर्नुपरेकाले सडक स्तरोन्नति छिटो गर्न माग गर्दै गाउँपालिका कार्यालयलाई ध्यानाकर्षण गराएको युवा कमल सारुले बताए। ‘निस्दीलाई विकास भिरमाथिको फल बन्यो, निस्दीलाई उपहार धुलो र हिलो, सडक स्तरोन्नतिमा किन ढिलो, जनतालाई सास्ती भो’ जस्ता लेखिएका प्लेकार्डसहित युवाले कार्यालयमा धर्ना दिएका हुन्।

आगामी बजेटबाट सरकारले यस सडकखण्डलाई प्राथमिकता दिएर स्तरोन्नतिको काम गर्नुपर्ने युवाको माग छ। निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यो सडक संघ सरकारको मातहतमा रहेकाले प्रदेश र गाउँपालिका आफैँले खर्च गर्न नपाउने हुँदा स्तरोन्नतिको काम नभएको हो। दुई प्रदेशलाई जोड्ने सहज पहुँचमार्गको सडक स्तरोन्नति गर्न संघीयय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भइरहेको छ।

सडकखण्डलाई प्राथमिकतामा राखेर संघीय सरकारले बजेट उपलब्ध गराउनुपर्छ। उनले सम्बन्धित निकायमा जानकारी गराउने र छिटोभन्दा छिटो सडक स्तरोन्नतिको माग गर्ने बताएका छन्। सडक स्तरोन्नतिका सम्बन्धमा जनस्तरबाट सरोकारवाला निकाय तथा व्यक्तिलाई पटकपटक ध्यानाकर्षणपत्र बुझाउँदा पनि समयमै दिगो र प्रभावकारी काम हुन नसक्दा स्थानीय, यात्री तथा व्यवसायीले कष्टसँग यात्रा गर्न बाध्य छन्।

क्षतिग्रस्त सडकखण्डको तत्काल अनुगमन गरी मर्मतसम्भार, उचित ढल निकास गर्दै सडकको दीर्घकालीन स्तरोन्नति र उपयुक्त समय सीमा निर्धारण, बाह्रै महिना सडक सञ्चालन गर्न नियमित मर्मत, आगामी बजेटबाट यस सडकखण्डलाई विशेष महत्वका साथ पर्याप्त बजेट विनियोजन, काममा भइरहेको ढिलासुस्ती, लापरबाही र अनियमितताका सम्बन्धमा पालिकाबाट नियमित अनुगमन तथा निगरानी गर्न युवाहरूले ध्यानाकर्षणपत्र गाउँपालिकामा बुझाएका छन्। रासस 


प्रकाशित : मंगलबार, जेठ २७ २०८२११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend