बुधबार, जेठ २८ गते २०८२    
बुधबार, जेठ २८ २०८२
images
images

गर्भनर विश्वनाथ पौडेल भन्छन् - अर्थतन्त्रका समस्या मौद्रिक नीतिमार्फत सुधार गर्ने प्रयास गर्छौँ

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २७ २०८२
images
images
गर्भनर विश्वनाथ पौडेल भन्छन् - अर्थतन्त्रका समस्या मौद्रिक नीतिमार्फत सुधार गर्ने प्रयास गर्छौँ

गर्भनर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या सामाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायीबीचको सम्बन्ध सुधारमा जोड दिए।

images
images

कैलाली- नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन्।

images
images
images

नेपाल राष्ट्र बैंक धनगढी शाखाले सोमबार आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासंघ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ संस्था, कृषि कर्जा लिएका ऋणि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताए।

images
images

गर्भनर पौडेलले आफू गर्भनर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए। जसअन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उनले अवगत गराए।

images
images
images

उनले भने, 'सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु।'

गर्भनर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या सामाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायीबीचको सम्बन्ध सुधारमा जोड दिए। रासस


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend