बुधबार, जेठ २८ गते २०८२    
बुधबार, जेठ २८ २०८२
images
images

नेपालमा ८६ हजार ८ सय ९ यौन श्रमिक, यौन श्रमलाई मानव अधिकारसँग जोड्नुपर्नेमा जोड

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २७ २०८२
images
images
नेपालमा ८६ हजार ८ सय ९ यौन श्रमिक, यौन श्रमलाई मानव अधिकारसँग जोड्नुपर्नेमा जोड

'यौनकर्मीले रेडलाइट एरिया पनि खोजेका छैनन्, नोरडिक मोडल पनि चाहेका छैनन्, उनीहरूले श्रमलाई मानव अधिकारसँग जोड्न मात्र चाहेका छन्।'

images
images

काठमाडौं- नेपालमा ८६ हजार ८ सय ९ यौन श्रमिक रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ।

images
images
images

महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको यौन श्रममा संलग्न व्यक्तिको अधिकारका सम्बन्धमा छलफल कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो। 

images
images

यौन श्रम र मानव बेचबिखन एउटै विषय नभएको छलफल कार्यक्रमका वक्ताले बताएका छन्।

images
images
images

छलफलमा यौन श्रमलाई पनि मानव अधिकारसँग जोडेर हेर्नुपर्ने यस विषयमा अनुसन्धान गरिरहनुभएकी दिदीक्षा सिंहले बताइन्।  

यौन श्रमसँग जोडिएको वर्तमान कानून, यसलाई संशोधन गर्न बनेको विधेयक र यौन श्रमिकका लागि चाहिने कानूनबारे उनले प्रस्तुति दिएकी थिइन्।

'वर्तमान कानूनले यौन श्रमलाई अपराधीकरण गरेको छ। यौन श्रमिकमाथि हुने हिंसा न्यूनीकरण गर्नुपर्ने, पुनःस्थापित हुन चाहनेका लागि विकल्प दिइनुपर्ने र नेपालमा पनि ‘नोरडिक मोडल’को कानूनी व्यवस्था अपनाउनुपर्ने छ', प्रस्तुतीकरणमा उल्लेख गरिएको छ।

कानून मन्त्रालयले प्रस्ताव गरेको संशोधित विधेयकले पनि यौन श्रमलाई निरअपराधीकरण गर्न नसक्ने अधिवक्ता नवीनकुमार श्रेष्ठले बताए।

'सरकारले मूल संहिताको धारा ११९ र १२० लाई संशोधन गर्ने तयारी गरेको छ। यो धारा संशोधन भए यौन तथा एचआइभी रोगीको सङ्ख्या बढ्ने सम्भावन रहेको सासा नेपालका प्रतिनिधि अधिवक्ता सञ्जय तिमल्सिनाले बताए।

'यौनकर्मीले रेडलाइट एरिया पनि खोजेका छैनन्, नोरडिक मोडल पनि चाहेका छैनन्, उनीहरूले श्रमलाई मानव अधिकारसँग जोड्न मात्र चाहेका छन्', उनले भने। यौन श्रमिकलाई कानूनी मान्यता नभए पनि निरअपराधीकरण गर्न जरुरी रहेको अधिवक्ता तिमल्सिनाको भनाइ छ। 

यौन श्रमिकलाई अभद्र व्यवहारको दफा लगाएर प्रहरीले दुःख दिन नहुने धारणा राख्दै संशोधित विधेयकले यौन श्रमिकलाई सम्बोधन गर्ने र जीविकोपार्जन सहज बनाउन वकालत गर्नुपर्नेमा कार्यक्रमका वक्ताको जोड दिएका हुन्। रासस


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend