मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

images
मंगलबार, जेठ २७ २०८२
images
images
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशको पश्चिम तथा मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images

काठमाडौं- देशको पश्चिम तथा मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images
images

महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। अन्य भू–भागहरूमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

images
images

कोशी र लुम्बिनी प्रदेशका साथै देशका अन्य पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, देशका उच्च–पहाडी र हिमाली क्षेत्रमा केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

images
images
images

रातिको समयतर्फ, कोशी, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतः सफा रहनेछ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले सम्भावित वर्षा र मौसमको अवस्थाका कारण आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ।

 


प्रकाशित : मंगलबार, जेठ २७ २०८२०७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend