सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

प्रधानमन्त्री ओलीले गरे काठमाडौं-तराई/मधेश फास्ट ट्रयाकको विवादित जग्गाको छलफल

images
सोमबार, जेठ २६ २०८२
images
images
प्रधानमन्त्री ओलीले गरे काठमाडौं-तराई/मधेश फास्ट ट्रयाकको विवादित जग्गाको छलफल

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डंगोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डंगोल, एमाले ललितपुर महानगर, वडा नम्बर २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिएका छन्।

images
images

काठमाडाै‌ं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं-तराई/मधेस द्रुतमार्ग  (फास्ट ट्रयाक) सडक आयोजनाको सुरु विन्दुु विवाद र समाधनका उपायबारे साेमबार ललितपुरको खोकना र बुंगमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन्।

images
images
images

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डंगोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डंगोल, एमाले ललितपुर महानगर, वडा नम्बर २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिएका छन्। 

images
images

सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ। प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नु पूर्वआफूू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराएका छन्।

images
images
images

यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए।

कूल ७० दशमलव ९७ किलोमिटर दूरीको द्रुतमार्ग दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतमा निर्माणाधीन छ। आयोजना २०७४ मा सुरु भएर २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। छलफलमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी भएकाे प्रधानमन्त्रीकाे निजी सचिवालयले जानकारी दिएकाे छ। 


प्रकाशित : सोमबार, जेठ २६ २०८२१७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend