सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

विज्ञापन छपाइमा अनियमितता भएको भन्दै नगरका कर्मचारीसहित पत्रकारलाई भ्रष्टाचारको मुद्दा

images
सोमबार, जेठ २६ २०८२
images
images
विज्ञापन छपाइमा अनियमितता भएको भन्दै नगरका कर्मचारीसहित पत्रकारलाई भ्रष्टाचारको मुद्दा

सो खरिदका लागि भन्दै २०७८ साल माघ २० गते जनसवाल दैनिकमा प्रकाशन भएको भनिएको बोलपत्र र बोलपत्र स्वीकृतको सूचना नै फर्जी पाइएको अख्तियारले दाबी गरेको छ।

images
images

काठमाडौं- किसानका लागि औषधि स्प्रे खरिदका लागि भन्दै रौतहटको विजयपुर नगरपालिकाले प्रकाशन गरेको खरिद विज्ञापन नै फर्जी भएको भन्दै सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

images
images
images

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुरमा यादव, सह-लेखापाल नविनकुमार यादवसहित दुईवटा पत्रिकाका प्रतिनिधि पनि यो अनियमितामा सहभागी भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

images
images

सो खरिदका लागि भन्दै २०७८ साल माघ २० गते जनसवाल दैनिकमा प्रकाशन भएको भनिएको बोलपत्र र बोलपत्र स्वीकृतको सूचना नै फर्जी पाइएको अख्तियारले दाबी गरेको छ। भुक्तानी लिने प्रायोजनका लागिमात्र सूचना प्रकाशन भएको पत्रिका बनाइ बिल पेस गरेको भन्दै अख्तियारले जनसवाल दैनिकका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशिन रुपेन्द्र पटेल र बजार प्रतिनिधि ओमप्रकाश यादवलाई पनि प्रतिवादी बनाएको छ।

images
images
images

जनसवाल दैनिकलाई १ लाख ७२ हजार र तराई पोष्टलाई ३९ हजार ४ सय रुपैयाँ भुक्तानी दिएको पाइएको अख्तियाले उल्लेख गरेको छ। नगरका तत्कालीन कर्मचारी र तराईपोष्टका प्रतिनिधि ओमप्रकाश यदावसँग जनही विगो २ लाख १२ हजार २२५ रुपैयाँ माग गरिएको छ। वगालेसँग १ लाख ७२ हजार ८२५ रुपैयाँ र तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेलसँग ३९ हजार ४ सय विगो दाबी गरिएको छ। 


प्रकाशित : सोमबार, जेठ २६ २०८२१५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend