आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

पहिरोले नेपाल-चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

images
शनिबार, जेठ २४ २०८२
images
images
पहिरोले नेपाल-चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठका अनुसार बाढीले नेपाल-चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो।

images
images

सङ्खुवासभा- सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीले नेपाल-चीन सिमानाको सीमास्तम्भ पुरिएको छ। अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला-१ किमाथांका नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हाे।

images
images
images

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठका अनुसार बाढीले नेपाल-चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो।

images
images

भोटखोला-१ स्थित दोंगोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमास्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए। उनका अनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ।

images
images
images

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथांकाबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ। रासस


प्रकाशित : शनिबार, जेठ २४ २०८२१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend