शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

उज्यालो म्याग्दी कार्यक्रम : बुल र मलम्पारमा विद्युतीकरण

images
शनिबार, जेठ २४ २०८२
images
images
उज्यालो म्याग्दी कार्यक्रम : बुल र मलम्पारमा विद्युतीकरण

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रुपैयाँ बजेटको योजना सञ्चालन गरेको छ।

images
images

म्याग्दी-  म्याग्दीको धौलागिरि गाउँपालिका-५ मलम्पार र वडा नम्बर ६ को बुलमा विद्युतीकरण भएको छ।नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको उज्यालो म्याग्दी कार्यक्रमअन्तर्गत मलम्पार र बुलमा विद्युत सुविधा विस्तार गरिएको हो। मलम्पारमा १५० र बुलमा ४५ घरपरिवारको बसोबास छ।

images
images
images

धौलागिरि गाउँपालिका-६ का वडाध्यक्ष राजाराम सुवेदीले मराङ-राम्चे हुँदै बुल र मलम्पारमा पुर्‍याइएको विद्युत लाइनबाट घरघरमा मिटर बक्स जोडर बिजुुली बाल्न थालेका जानकारी दिए। मलम्पार र बुलका बासिन्दाले उज्यालोका लागि हाल लघुजलविद्युत परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर छन्।

images
images

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रुपैयाँ बजेटको योजना सञ्चालन गरेको छ। यस योजनामार्फत यसअघि मालिका गाउँपालिका-१ निस्कोट, २ रूम, ३ डाँडागाउँ, पात्ले, वडा नम्बर ४ ओखरबोटका ६०० घरपरिवारमा विद्युतीकरण भइसकेको छ।

images
images
images

धौलागिरि गाउँपालिकाको लुलाङमा मुख्य शाखा लाइन पुर्‍याएर १०० केभीए क्षमताको ट्रान्सफर्मर जोडेर शुक्रबार परीक्षण सफल भएको हाे। मालिका गाउँपालिकाको चिउरीबोट, महभिर र धौलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए। रासस 


प्रकाशित : शनिबार, जेठ २४ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend