शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

रोजगारीका लागि विदेश पठाउने भन्दै ४२ लाखभन्दा बढी ठगी

images
शुक्रबार, जेठ २३ २०८२
images
images
रोजगारीका लागि विदेश पठाउने भन्दै ४२ लाखभन्दा बढी ठगी

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४२ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images
images

रामेछाप घर भइ हाल दक्षिणकाली बस्ने ४० वर्षीया प्रमिला बरुवाल र हाल गोंगबु बस्ने पाल्पाका ३४ वर्षीय मोहन पोखरेल पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

उनले भने, 'विदेशमा आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकामा पीडितहरूले दिएका उजुरीका आधारमा निजहरूलाई पक्राउ गरिएको हो।'

images
images
images

पक्राउ परेकामध्ये बरुवालले युके पठाउने भन्दै सात जनाबाट ३२ लाख ३५ हजार रूपैयाँ र पोखरेलले एक जनालाई पोल्याण्ड पठाउने भन्दै १० लाख रूपैयाँ लिएको खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए। रासस 


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend