शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

रामेछापमा मकैबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

images
शुक्रबार, जेठ २३ २०८२
images
images
रामेछापमा मकैबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

उक्त कीरा नियन्त्रण नगर्ने हो भने मकैबाली सखाप परिदिने अवस्था भएको मन्थली नगरपालिका-७ की किसान सरिता ढुंगेलले बताइन्।

images
images

रामेछाप- जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन्।

images
images
images

सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन्। केही निस्किहाले भने पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या छ।

images
images

मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगङ्गा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी कीराले दुःख दिने गरेको हो।

images
images
images

उक्त कीरा नियन्त्रण नगर्ने हो भने मकैबाली सखाप परिदिने अवस्था भएको मन्थली नगरपालिका-७ की किसान सरिता ढुंगेलले बताइन्।

नगरपालिकाका कृषि विकास शाखाका प्रमुख कृष्ण भुजेलका अनुसार, फौजी कीराले मकैबालीलाई दुःख दिएको जानकारी आफूलाई भएकाले पालिकामार्फत त्यसको नियन्त्रणका लागि आवश्यक पहल भइरहे पनि नियन्त्रणका लागि निकै समस्या छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend