शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

पर्यटन प्रबर्द्धनका लागि नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना हुँदै

images
बिहीबार , जेठ २२ २०८२
images
images
पर्यटन प्रबर्द्धनका लागि नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना हुँदै

यही जेठ २४, २५ र २६ गते आयोजना हुन लागेको मार्टमा भारतको पर्यटकीय शहर बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० जना बढी टुर अपरेटर सहभागी हुने वेष्टर्न ट्राभल मार्ट मूल समितिका संयोजक श्रीराम सिग्देलले जानकारी दिए।

images
images

नेपालगञ्ज- पर्यटन प्रबर्द्धनका लागि नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’को आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद लुम्बिनी प्रदेश, नेपालगञ्ज उद्योगा वाणिज्य संघ, होटेल एसोसियसन र होटेल व्यवसायीसँग बाँकेको सहकार्यमा नाट्टा बाँकेले तेस्रो संस्करणका रुपमा उक्त मार्ट आयोजना गर्न लागेको हो।

images
images
images

यही जेठ २४, २५ र २६ गते आयोजना हुन लागेको मार्टमा भारतको पर्यटकीय शहर बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० जना बढी टुर अपरेटर सहभागी हुने वेष्टर्न ट्राभल मार्ट मूल समितिका संयोजक श्रीराम सिग्देलले जानकारी दिए। उनले त्यसका लागि ‘टेक्नीकल सेसन’समेत सञ्चालन हुने उल्लेख गर्दै सहभागी पर्यटकलाई बाँके र बर्दियाका राष्टिय निकुञ्जको भ्रमण गराइने बताएका छन्।

images
images

संयोजक सिग्देलले यसबाट प्राकृतिक सौन्दर्य र वन्यजन्तुको विविधता उजागर हुने तथा कर्णाली नदीमा र्‍याफटिङको अनुभव आदान प्रदान हुनुका साथै त्यसले साहसिक पर्यटनलाई प्रबर्द्धन गर्ने बताए। मार्टमा आएका पर्यटकलाई नेपालगञ्जमा रहेका क्यासिनो र प्रमुख होटलको समेत अवलोकन गराइने आयोजकले जनाएका छन्।

images
images
images

‘यसले नेपालगञ्ज र समग्र लुम्बिनी प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिन्छ भन्ने विश्वास लागेको छ’ उाले भने। नेपालगञ्जलाई कर्णाली प्रदेशको पर्यटन प्रवेशद्धारका रुपमा स्थापित गर्दै बाँकेलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको उल्लेख गर्दै सिग्देलले मार्टमा परम्परागत खानाको प्रर्दशनी हुनुका साथै नेपालगञ्जको त्रिभुवनचोकमा पहिलोपटक ‘स्ट्रिट फूड लेन’ सञ्चालनमा आउन लागेको जानकारी दिए।

संयोजक सिग्देलले त्यसका लागि सुरुमा २० व्यावसायिक स्टल हुने जनाउँदै नेपालगञ्जमा पाइने सबै स्वाद स्ट्रिट फूड लेनमा हुने बताएका छन्। यसअघि पनि नाट्टा बाँकेले वेष्टर्न ट्राभल मार्टको आयोजना गरेको थियो। तीन दिन हुने मार्टमा ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। रासस 


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend