सङ्खुवासभा- जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ।बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ। भोटखोला १ र ३ जोड्ने छोकाङ खोला, भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगेका छन्।
यसैबीच केही दिन अघिको बाढीले भोटखोला गाउँपालिका-३ मा निर्माण भएका दुई वटा साना जलविद्युत आयोजना बगाएपछि २५० घर विद्युतिवहीन भएका छन्।
बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथांका सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ। बाढीका कारण खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ।