शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

गाउँमा पर्यटकसँग रमाएर पुर्ख्यौली पेसा जोगाउँदै छन् युवा पुस्ता

images
बुधबार, जेठ २१ २०८२
images
images
गाउँमा पर्यटकसँग रमाएर पुर्ख्यौली पेसा जोगाउँदै छन् युवा पुस्ता

युवाले गाउँ छाडेपछि परम्परागत पेसा क्रमशः ओझेलमा पर्दै गएको हाे। तर, ताप्लेजुङको सिदिङवा गाउँपालिकाका केही युवा भने आफ्नो पुर्ख्याैली पेसा जोगाउने प्रयासमा लागेका छन्। सिदिङवा गाउँपालिका-१ कालिखोलाका ३४ वर्षीय भीम भण्डारी एक उदाहरण हुन्।

images
images

ताप्लेजुङ- सहरीकरण, वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा गाउँ छोड्ने प्रवृत्ति तीव्र बनेका कारण गाउँका पुर्ख्याैली पेसा संकटमा पर्न थालेका छन्। युवाले गाउँ छाडेपछि परम्परागत पेसा क्रमशः ओझेलमा पर्दै गएको हाे। तर, ताप्लेजुङको सिदिङवा गाउँपालिकाका केही युवा भने आफ्नो पुर्ख्याैली पेसा जोगाउने प्रयासमा लागेका छन्।

images
images
images

सिदिङवा गाउँपालिका-१ कालिखोलाका ३४ वर्षीय भीम भण्डारी एक उदाहरण हुन्। उनका बाजे-बुबाले लामो समयदेखि गाई, भैँसी र चौँरी याक पालन गर्दै आएका थिए। भण्डारीले अहिले त्यसैलाई आधुनिक रूपमा विस्तार गर्दै आफ्नो पुर्ख्याैली पेसालाई पुनर्जीवन दिएका छन्। हाल उनी तिम्बुङ पोखरी आसपासका हिमाली क्षेत्रका फेदीमा चौँरी गोठसँगै जीवन चलाउँदै छन्।

images
images

कहिले हिमाल चढ्दै त कहिले बादलसँग लुकामारी खेल्दै उनी एक सयभन्दा बढी चौँरीसहित परम्परागत गोठालो जीवन जिउँदै आएका हुन्। सोही गाउँका २७ वर्षीय भरत बानियाँ पनि यस्तै उदाहरण हुन्। उनका साथीहरू प्रायः वैदेशिक रोजगारी वा अध्ययनको सिलसिलामा गाउँबाट बाहिरिएका छन्। तर, उनले भने गाउँमै बसेर पुर्ख्याैली चौँरी गोठालो पेसा सम्हाल्ने निर्णय गरे।

images
images
images

कहिले तिम्बुङ पोखरी त कहिले फालेलुङ डाँडातिर चौँरी लिएर हिँड्ने बानियाँ अब आफ्नै जीवनशैलीमा रमाउन थालिसके। हालै गाउँपालिकाले आयोजना गरेको प्रथम सिदिङवा धाम पर्यटन महोत्सवमा भण्डारी र बानियाँले आफ्ना चौँरी थाम डाँडामा प्रदर्शनमा राखेका थिए। चौँरी गोठप्रति युवाहरूको चासो घट्दै गएकाले यसको महत्त्व बुझाउने उद्देश्यले उनीहरूले महोत्सवमा सहभागिता जनाएकाे बताए।

पछिल्लो समयमा चौँरी गोठ क्रमिक घट्दै गएसँगै चौँरी गोठसँग पर्यटन क्षेत्र जोड्नुपर्ने पर्यटन व्यवसायी अमिर राईको भनाइ छ। पर्यटकहरू गोठस्टेमा बस्न रूचाउने, चौँरी याकहरूसँग भिडियो बनाउने, तस्बिर लिन मन पराउने भएकाले पर्यटनसँग गोठ जोडनुपर्ने राईको भनाइ रहेको छ। आर्थिक पक्षमा भने चौँरीपालन सहज छैन। विगतमा चीनतर्फ निर्यात हुने याक तथा चौँरीको बजार अहिले खुम्चिएको छ।

लामो समयदेखि सीमावर्ती नाका नखुलेपछि किसानहरूले पालेका याक बिक्री गर्न नसकेको र आर्थिक रूपमा संकट बेहोर्नुपरेको उनीहरूको गुनासो छ। पहाडी तथा हिमाली भेगमा चौँरी गोठालो संस्कृति मात्र नभएर जीवन निर्वाहको माध्यमसमेत हो। भण्डारी र बानियाँजस्ता युवाको प्रयासले यो परम्परा जोगिनसक्ने आशा देखिएको छ। यस्ता पहललाई राज्य र स्थानीय तहले प्रोत्साहन गर्न सके पुर्ख्याैली पेसा संरक्षणको अभियान थप सशक्त बन्न सक्नेछ। रासस


प्रकाशित : बुधबार, जेठ २१ २०८२१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend