शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

बाढीले हाइड्रोपावरको बाँध बगायो

images
बुधबार, जेठ २१ २०८२
images
images
बाढीले हाइड्रोपावरको बाँध बगायो

बुधबार भोटखोलाको गोलामा रहेको ८ किलोवाट क्षमताको उक्त साना जलविद्युत आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त गरेको हो।

images
images

सङ्खुवासभा- अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ।

images
images
images

बुधबार भोटखोलाको गोलामा रहेको ८ किलोवाट क्षमताको उक्त साना जलविद्युत आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त गरेको हो।

images
images

प्रहरीका अनुसार बाँध बगाउँदा करिब ३३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। घटना विकट भेगमा परेकाले प्रहरी टोली पैदलमार्ग हुँदै घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

images
images
images

सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण संकलनमा केही समय लाग्ने बस्नेतकाे भनाइ छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। रासस 


प्रकाशित : बुधबार, जेठ २१ २०८२१५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend