शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

images
बुधबार, जेठ २१ २०८२
images
images
सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

अनुगमनका क्रममा मन्त्री खड्काले निर्माण व्यवसायीलाई लक्ष्य प्राप्तिका लागि काम नगरे सरकारले अर्को बाटो पनि रोज्न सक्ने चेतावनी दिएका थिए। साथै काम छिटो सम्पन्न भए भुक्तानी पनि छिटो हुने भनेपछि काम द्रुत गतिमा निर्माणाकाे काम अगाडि बढिरहेको छ।

images
images

रामेछाप- सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रुत गतिमा हुन थालेको छ। 

images
images
images

यही जेठ १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयोजनाको स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सक्न सम्बन्धित कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिएपछि यो आयोजनाको काम द्रुत गतिमा हुन लागेको हो।

images
images

अनुगमनका क्रममा मन्त्री खड्काले निर्माण व्यवसायीलाई लक्ष्य प्राप्तिका लागि काम नगरे सरकारले अर्को बाटो पनि रोज्न सक्ने चेतावनी दिएका थिए। साथै काम छिटो सम्पन्न भए भुक्तानी पनि छिटो हुने भनेपछि काम द्रुत गतिमा निर्माणाकाे काम अगाडि बढिरहेको छ।

images
images
images

राष्ट्रिय गौरवको उक्त आयोजनाको १३ दशमलव दुई किलोमिटर सुरुङको काम सम्पन्न भइसकेको छ।  हेडवक्स को काम २० प्रतिशत मात्र भएपछि त्यसलाई बढाएर छिटो सम्पन्न गर्ने गरी निर्माण व्यवसायी लागेका हुन्। गत असोजमा सुनकोशी नदीमा आएको बाढीले निर्माणाधीन हेडवक्स को काममा धेरै क्षति पुर्‍याएपछि त्यसभन्दा यता सुस्त गतिमा काम अगाडि बढिरहेको थियो। 

पट्टेल रमण ज्वाइन्ट भेन्चरद्वारा निर्माणाधीन उक्त आयोजनाको हेडवक्स निर्माणका लागि काम भइरहेको भए पनि बिलअनुसारको भुक्तानी नभएको, निर्माणाधीन काममा बाढी पसेर निक्कै नोक्सानी पुर्‍याएकाले म्यादभित्र कार्य सम्पन्न गर्न नसकिने निर्माण व्यवसायी रमण पट्टेलले बताएकाे थियो। तर, अब सबै माग पूरा हुने मन्त्रीको आश्वासनपछि कामलाई तीव्रता दिएको हाे।

यो आयोजना सम्पन्न भएपछि तराइका आठभन्दा बढी जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ हुने, ३१ मेघावाट विद्युत उत्पादन हुने र कूल पानीको १० प्रतिशत पानी खानेपानीका रुपमा प्रयोग हुने बताइएको छ। कूल १४ अर्ब रुपैयाँको यो आयोजनामा एक अर्ब २० करोड खर्च भइसकेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले बताए। अहिले रामेछापको मन्थली नगरपालिका स्थित वडा नम्बर ६ सेलेघाटमा ड्याम ( हेडवक्स )को निर्माण काम भइरहेको छ। रासस 


प्रकाशित : बुधबार, जेठ २१ २०८२१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend