शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

बजेट कार्यान्वयनमा निर्मम तरिकाले सुपरिवेक्षण गर्छौँ : योजना आयोग उपाध्यक्ष अधिकारी

images
बुधबार, जेठ २१ २०८२
images
images
बजेट कार्यान्वयनमा निर्मम तरिकाले सुपरिवेक्षण गर्छौँ : योजना आयोग उपाध्यक्ष अधिकारी

'हामीले मागमात्रै गर्दै आइरहेका छौँ, नयाँ काम गर्ने अभ्यास गरिएन। अब त्यसमा अल्झेर हुन्न, नयाँ ढाँचामा काम गर्नुपर्छ,' उनले भने।

images
images

काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बजेटपछिको योजना आयोगको भूमिकाबारे स्पष्ट पार्दै कार्यान्वयनमा निर्मम अनुगमन तथा सुपरिवेक्षण दुवै आवश्यक रहेको बताएका छन्।

images
images
images

नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त छलफल कार्यक्रममा उपाध्यक्ष अधिकारीले आयोगको भूमिका नियमन, सुपरिवेक्षण र सहजीकरणमा केन्द्रीत हुने स्पष्ट पारे।

images
images

'योजना आयोगले निर्मम तरिकाले अनुगमन तथा सुपरिवेक्षण गर्नेछ', उनले भने, 'कसैले बदमासी गर्छ भने त्यसलाई निर्ममतापूर्वक कारबाही गरिन्छ, तर सबैलाई बदमास ठानेर कानून बनाउने प्रवृत्ति गलत हो।'

images
images
images

अधिकारीले बजेटपछिको अवस्थामा 'योजना आयोग के गर्छ?' भन्ने प्रश्न उठ्न सक्ने जनाउँदै आयोगले सहजकर्ताको भूमिका खेल्ने र कार्यान्वयनमा सहजीकरण गर्ने जिम्मेवारी लिने बताए।

पूर्वाधार क्षेत्रलाई विकास र आर्थिक वृद्धि दुवैका लागि प्रमुख चालकको रूपमा उल्लेख गर्दै उनले भने, 'पूर्वाधार निर्माणको मौजुदा ढाँचा समयमै सम्पन्न नहुने खालको छ। हालका सबै विकास मन्त्रालयको पुँजीगत खर्च गर्ने शैली सन्तोषजनक छैन।'

अधिकारीले विगतबाट पाठ सिक्ने भनिए पनि व्यवहारमा पुरानै अभ्यास दोहोरिएको टिप्पणी गरे। 'हामीले मागमात्रै गर्दै आइरहेका छौँ, नयाँ काम गर्ने अभ्यास गरिएन। अब त्यसमा अल्झेर हुन्न, नयाँ ढाँचामा काम गर्नुपर्छ,' उनले भने।

यस्तै, उनले 'स्रोत सरकारको मात्रै हुँदैन, वैकल्पिक स्रोत खोज्न आवश्यक छ,' भन्दै बजेट निर्माणको बेला गरिएको मेहनतले वास्तविक बजेट ल्याउन सम्भव भएको बताए। 'तीन करोडभन्दा कम लागतका आयोजनाहरू संघीय सरकारमा नराख्ने निर्णय राम्रो सुरुवात हो,' उनको भनाइ थियो।

योजना आयोग उपाध्यक्ष अधिकारीले सहजीकरणका लागि कानून निर्माण गर्नुपर्ने धारणा राखे। उनले भने, 'पहिल्यै बदमास हुन्छ भनेर कानून बनाउने होइन। यस्तो सोचले कार्यान्वयनमा अनावश्यक अड्चन ल्याउँछ।'

उनले सबै मन्त्रालयले बजेटमा प्रस्तुत गरिएको नयाँ मोडलअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै योजना आयोगले त्यसको लागि आवश्यक पहल सुरु गरिसकेको जानकारी दिए।


प्रकाशित : बुधबार, जेठ २१ २०८२१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend